गुल्मी । रेसुंगा नगरपालिकाको दोस्रो नगर परिषद्ले आर्थिक वर्ष ०७२÷७३ का लागि करिब ५ करोड अुमानित बजेट सार्वजनिक गरेको छ ।
सदरमुकाम तम्घासमा सम्पन्न दोस्रो नगर परिषद्ले चालूतर्फ ८० लाख ९ हजार खर्च हुने प्रस्ताव पेस गरेको छ भने पुँजीगततर्फ ४ करोड २२ लाख २८ हजार सहित कुल ५ करोड २३ लाख ७ हजारबराबरको अनुमानित बजेट सार्वजनिक गरिएको हो । परिषदमा रेसुंगा नगरपालिकाका कार्यकारी अधिकृत बाबुराम पल्लीले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।
उनले रेसुंगा नगरपालिकालाई भौतिक, आर्थिक, सामाजिक, शैक्षिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलका रूपबाट समुन्नत, आत्मनिर्भर र स्वावलम्बी बनाउने कार्यक्रम अगाडि सारेका थिए । कार्यक्रममा स्थानीय विकास अधिकारी डिलाराम पन्थी, स्थानीय विकास मन्त्रालयका उपसचिव लक्ष्मी पाण्डे गौतमलगायतको उपस्थिति रहेको थियो ।






