लमजुङ पुगेर किन भक्कानिए शेष घले ?

shes ghaleकाठमाण्डाै १७ असोज । गाउँमै ६४ लाखकाे विद्यालय भवन बनेपछि गाउँमा खुसीयाली नहाेस पनि कसरी ? भूकम्पले जिर्ण बनाएको ग्रामकल्याण निमाविको भवन बनेकाे खुसीयालीमा धुमधाम  पञ्चेबाजा बजीरहेकाे थियाे । अाइतबार लमजुङ ङनपाेखराकाे नायूँमा नाचगान र रमाइलाे पनि उस्तै थियाे। विद्यालय भवन उद्घाटनका लागि पुगेका अष्ट्रेलियाली राजदूत ग्लेन ह्वाइट र गैर अावासिय नेपाली संङ (एनअारएन) अध्यक्ष शेष घलेलाइ गाउँलेले पञ्चैबाजा र फूलमालाले स्वागत गरे ।
तर जव भाषणाकाे बेला अायाे बाल्यकाल सम्झिएर अर्वपति  घले भक्कानिए । उनी लमजुङमा आफैंले पढेको विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने क्रममा थिए । मन्तव्यका क्रममा उनले आफ्नो बाल्यकाल सम्झँदै भने “विद्यालयबाट भागेको थाहा पाएपछि हजुरआमाले दिनभर चौरमा राखेर पढ्न लगाउनुहुन्थ्यो ।” बोल्दाबोल्दै उनी भक्कानिए र आँशु पुछ्दै भने, “म अलि ईमोशनल छु, माफ गर्नुहोला ।”
shesh4
घलेले अवसर पाएमा यहाँका थुप्रै बालकालिका ‘शेष घले’ बन्नसक्ने बताए ।आमा देवकुमारी, अष्ट्रेलियाली राजदूत ग्लेनह्वाइट र श्रीमती ह्वाइटसँगै विद्यालय पुगेका उनले सबैले बराबर अवसर नपाउँदा प्रतिभाको विकास हुननसकेको भन्दै थपे, “काठमाडौंको जस्तो पूर्वाधार गाउँमा छैन, सबैलाई समान अवसर दिने दायित्व राज्यको हो । नेपाल सिस्टममा नचलेकाले यस्तो अवस्था आयो ।”
भूकम्पले जिर्ण बनाएको ग्रामकल्याण निमाविको भवन अर्वपति घलेकै नेतृत्वको मिट ग्रुप फाउण्डेसन अष्ट्रेलियाको सहयोगमा पुनःनिर्माण गरिएको हो ।  “मेरो पैसा भन्दा तपाईहरुको मेहनत ठुलो हो, मेरी आमा र तपाइँ गाउँलेहरु आफैं खटिएर विद्यालय बनाउनु भयो, त्यही ठूलो कुरा हो। ।”- उनले भने ।श्रीएअरको हेलिकप्टरबाट लमजुङ पुगेका घले स्कुल जानुअघि नायुस्थित घरमा पुग्दा आमा देवकुमारीले टीका र टोपी लगाइदिएर स्वागत गरेकी थिइन् । एनआरएनएको अध्यक्षमा पुनः उम्मेदवारीको घोषणा गरेका उनले आमालाई खुट्टामा ढोगिदिए र आशिर्वाद थापे ।

shesh1मिट ग्रुप फाउण्डेसन अष्ट्रेलियाले विद्यालय भवन निर्माणमा रु ५० लाख सहयोग गरेको छ । ७ कोठे भवन निर्माण गर्दा रु ६४ लाख खर्च भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर गुरुङले बताएपछि उनले उक्त थप रकम पनि आफूले दिने प्रतिवद्धता व्यक्त गरे ।गाउँलेको तामझामपूर्ण स्वागतबाट उत्साहित भएका राजदुत ग्लान ह्वाइटले आफू नेपालमा राजदुत भएर आए देखि यस्तो स्वागत पहिलो पटक पाएको भन्दै गाउँको सुन्दरताको बखान गरे ।

उक्त भवनको नाम घलेका बुवा–आमाको नाममा “उदिम– देवीकुमारी स्मृति भवन” राखिएको छ ।

घलेले नेपालको शिक्षामा सुधारका लागि मिट फाउण्डेशन मार्फत रु एक अर्बको अक्षय कोष खडा गरेका छन् ।

shesh3१२ वैशाखको भूकम्पपछि सरकारले सद्भावना दूत बनाएका घलेले भूकम्पले गर्दा देशका आठ हजारभन्दा बढी विद्यालय भवनहरु भत्किएको बताए । “अहिले नौ लाख विद्यार्थी कक्षाकोठा बाहिर छन्,” उनले भने, “ती सबै विद्यालय बनाउनुछ ।”

हेलिकप्टर ल्याण्ड गरेको स्थान नजिकै शेष घलेको बुबा उदिमको समाधी स्थल छ । त्यहाँ पुगेर घले र उनको टोलीले श्रद्धाञ्जली अर्पण समेत गरेका थिए ।  २००८ सालमा स्थापना भएको यस विद्यालयमा अहिले २५० जना विद्यार्थी पढिरहेका छन् ।
तस्वीर साैजन्य : युवराज श्रेष्ठ ।