काठमाण्डाै १८ असाेज । महिनावारी हुदाँ पेट दुखेर दिक्क हुनुहुन्छ |यसो गर्नुहोस तपाइको समस्याको समाधान हुन सक्छ | महिनावारी सामान्यतया सबै महिलालाई हुने प्राकृतिक समस्या हो त्यसैले महिनावारी हुदाँ पेट दुख्नुलाइ पनि सामान्य रुपमा लिइन्छ | कसैलाई पेट दुखेर दिक्क भएर हस्पिटल पनि जान बाध्य हुने गरेको पाइन्छ |अब आतिनु डाक्टरको मा पनि जान पर्दैन घरमै बसेर उपचार गर्न सक्नुहुनेछ | महिनावारी हुदाँ धेरै पेट दुख्ने हुदाँ एक गिलास मनतातो पानीमा एक चिया चम्चा शुध्द घिउ मिलाएर पिउन सक्नुहुनेछ | खाना अपच हुने हुदाँ पाचन शक्ति मजबुत बनाउन मेवाको सेवन गर्दा राम्रो हुन्छ |यसले खान रुचाउन मदत गर्दछ | सुत्नु भन्दा अगाडी दुध पिउदा पनि पेट दुखाईलाइ रोक्न सक्छ | महिनावारी सुरु हुनु भन्दा ४\५ दिन अगाडी चिसो,अमिलो र बासी खानेकुरा नखादा राम्रो हुन्छ |यो चिज खादा शरीर कमजोरी बनाउने र दुखाईलाइ बढाउने गर्छ | महिनावारी भएको दिनमा फाइबर युक्त आहार खादा राम्रो हुन्छ | दुखाई बढ्दै गएमा डाक्टरको सल्लाह पनि लिनु पर्छ अथवा तातो पानीले पेट सक्दा पनि राहात मिल्न सक्छ | कुनै कुराको संक्रमण बाट बच्नको लागि सधै राम्रो कम्पनीको प्याड प्रयोग गर्दा राम्रो हुन्छ |कपडाको प्रयोगले रैशेज र इन्फेक्सन हुने डर हुन्छः |
महिनावारी हुदाँ पेट दुखेर दिक्क हुनुहुन्छ ?यसो गर्नुहोस तपाइँको समस्याको समाधान हुन सक्छ






