‘नेपाल आइडल’ मा गत हप्ताको भोटिङकै आधारमा आज एकजना प्रतिस्पर्धी बाहिरिने

जिल्ला अदालतले गत बिहीबारको भोट गणना नगर्न आदेश दिएपछि ‘नेपाल आइडल’ मा आज भोटिङ नहुने भएको छ ।

नेपाल आइडलको प्रसारक संस्था एपी वान टेलिभिजनका प्रवन्ध निर्देशक लक्ष्मी पौडेलले गत हप्ताको भोटिङकै आधारमा आज एकजना प्रतिस्पर्धी बाहिरिने बताए ।

‘अस्तीको भोटिङकै आधारमा एलिमिनेसन हुन्छ ।’ उनले भने–अस्ती कसको भोट कति आयो भन्ने कुरा हामी शुक्रबार अदालतलार्इ वुझाउँछौ ।’

सम्मानित अदातलको आदेशलार्इ सम्मान गर्ने भन्दै ‘नेपाल आइडल’को आयोजकले आज भोटिङ खुल्ला नहुने बताएको हो ।