‘हाम्रो सरसफाई अभियानले देशलाई नै एकतावद्ध गरेको छ’: धुर्मुस

sitaram-and-kunjana

सरसफाई अभियानमा लागेका चर्चित हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे अहिले खुशी छिन् । ‘धुर्मुस सुन्तली सरसफाई अभियान’ नाम दिएर उनीहरु देशका विभिन्न स्थानमा पुगिसकेका छन् । मानिसको व्यवहार र दिमागबाट नै सफाई गर्नुपर्छ भन्ने चेतना जगाउन सकेकोमा यो जोडी खुशी देखियो ।

धुर्मुसले भने-‘हामीले निरन्तर मानिसलाई सडकमा उपस्थित गराएर बिहान ८ बजेबाट बेलुकी ८ बजेसम्म सफाइमा संलग्न गराएका छौ । यो अभियानले अहिले ठूलो रुप लिएकोमा खुशी छौ ।’ उनका अनुसार तराइ पुर्ण रुपमा ठप्प रहँदा पनि सरसफाई अभियान भने रोकिएको छैन । उनले भने-‘ देशमा देखिएको तराई र पहाड भन्ने मानसिकतालाई पनि हामीले हटाउने काम गरेका छौ । देशलाई नै एकतावद्ध गर्ने काम हाम्रो सफाई अभियानले गरेको छ ।’

तराइमा पूर्ण रुपमा यातायात, बजार बन्द हुँदा पनि आफूहरुको अभियानमा दसौ हजार मानिस सहभागी भएको भन्दै उनले मधेसी मोर्चाले पनि कुनै अवरोध नगरेको बताए । बिहिबार बिहान ८ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा यो अभियानको उद्घाटन गर्नेछन् । अभियान काकडभिट्टामा पुगेर समापन हुने उनको भनाई छ । तर, ‘धुर्मुस-सुन्तली’ सरसफाई अभियान भने जारी रहने उनले बताए ।