मलेसियामा नेपाली सुरक्षा गार्डको मृत्यु्

Train

क्वालालम्पुर । मलेसियामा रेलको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । सुनगाइ भन्ने स्थानमा केटीएम कोमुटर ट्रेनको ठक्करबाट नेपालीको मृत्यु भएको हो ।

मृृतक मलेसियामा सुरक्षा गार्डका रुपमा कार्यरत रहेको भनिएपनि उनको परिचय सार्वजनिक गरिएको छैन । उनको शव पोस्टमार्टमका लागि युनिभर्सनल मलाया मेडिकल सेन्टरमा पठाइएको छ ।

प्रहरीका अनुसार उनलाई ट्रेनले पछाडिबाट हानेको थियो र उनको शव झण्डै ५ मिटर अगाडि उछिटि्टएको थियो । उनको साथबाट केही व्यत्तिगत कागजपत्र समेत भेटिएको छ ।

डेली स्टारका अनुसार मृतकले छोटो बाटो प्रयोग गर्ने क्रममा दुर्घटनामा परेको र उनी कलाङ जान लागेको हुन सक्ने प्रहरीले जनाएको छ ।