एनआरएनए युकेमा युवाहरूको उत्साहाजनक सहभागिता [भनाइ यस्तो छ]

लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेमा शतप्रतिशत जितेको नेप्लिज यूथ यूकेले मतदातालाई धन्यवाद दिएको छ । नेप्लिज यूथ यूकेका युवाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए ।

 बिजय भएपछि जारी विज्ञप्तीको पूर्णपाठ यस्तो छ:

. युकेमा बसोबास गर्ने नेपालीहरूमा एनआरएनएप्रति वितृष्णा रहेको र यसलाई सुधार्न युवाहरू अग्रसर हुनपर्ने आवश्यक देखेर यसपालिको महाधिवेशनमा ठुलो संख्यामा युवाहरू सहभागी भएको र एनआरएनए युकेलाई एनआरएनए को मुल मर्म र उद्देश्य अनुसार काम गरि कुनैपनि स्वार्थ र राजनीतिरहित हुनुपर्ने युवाहरूको भनाइछ।

. केही धनाड्य व्यक्तिहरूको मात्र जस्तो एन आरएनए युके बनिरहेको भन्ने जनगुनासोले गर्दा एनआरएनए प्रति दिनहुँ विश्वास गुमिरहेकोले युवाहरू सचेत रही सुधार्न प्रयत्नशील रहेको।

. एन आरएनए युकेलाई सबैले अपनत्व महसुस गर्ने साझा संगठन हुनुपर्दछ र यसका लागि युवाहरूले सक्दो पहल गर्ने बताउँदै सबैबाट सहयोग र समर्थन हुन्छ भन्ने विश्वास लिएको।

. चुनावी मुखमा स्वार्थ लुट्नका लागि मात्र राम्रो एजेण्डा देखाउनु भन्दा एन आरएन युकेको स्वार्थ र राजनीति मिश्रित दुर्गन्धलाई हटाइ वातावरण सुधारगरि सबै एकजुट भइ सबैको विश्वासिलो साझा संस्था बनाउनु पर्ने युवाहरूको प्रमुख पहिलो एजेण्डा रहको, त्यस पश्चात मात्र राम्रो एजेण्डाको सहि तरिकाले कार्यनयन हुन सक्छ भन्नेमा युवाहरूको भनाइ।

. प्रकियागत रूपमा पहिलो ऐतिहासिक महाधिवेशन सफतापूर्वक सम्पन्न भएकोछ। सबैले आ आफ्नो मन परेका बिस्वास लागेका उम्मेदवारहरुलाई सहयोग र समर्थन गरेका छन् । यो संसारमा हुने सामान्य कुरा भएतापनि चुनाव हुन अघि केहि व्यक्तिहरूले आफ्नो पक्षका षड्यन्त्र र गलत काम लुकाउन भ्रामक र झुटो कुराहरूगरेर प्रचार बाजी गरी युवाहरूलाई दोष देखाउने प्रयत्न गरे यस्ता कुराहरूमा युवाहरू सचेत रहेको र सामाना गर्दै अघि बढ्ने, र चुनाव पश्चात पनि प्रकियागत रूपमा गरिएको अभिमतको नतिजा स्वीकार गर्न नचाहने केही व्यक्तीहरू विभिन्न बाहाना बनाएर समाज बिथोल्ने प्रयास सामाजिक सञ्जालमार्फत गरिरहेको देखिन्छ।

.युवाहरूले भने हामीसँग पनि प्रमाण छ ती साथीहरूले गरेको आश्चार्यजनक हर्कतहरूको प्रमाण तर हामी बितेका काम नलाग्ने कुराहरूलाई लिएर समाजमा भ्रम फैलाउन चाहँदैनौं । के गरे उहाँहरूले र हामिले के देखेउ भन्ने कुराहरू स्पष्ट रूपमा उहाँहरूलाइ नै थाहाछ।हामी सबैबाट सानो तिनो मानबिय तृटीहरू अवस्य भएको हुनसक्छ यस्को सबैले समिक्षा गरेर गल्ती सुइकारगरि एक जुन भइ काम गर्नुनै सबैभन्दा राम्रो पक्ष हो भन्ने लागेको छ। यो सम्पुर्ण नेपालीहरूको साझा सस्था भएकोले यस्मा कुनै जात धर्म वा कुनै राजनीतिक पार्टीको आस्थाको आधारमा चल्न नहुनेमा युवाहरूको भनाइ छ।

. नेप्लीज युथ युकेका सातै जना युवाहरू विजयी भएकोले युवाहरूलाइ ठुलो हौसला मिलेको बताए । यो कसैको जित वा हार नभइ प्रकियागत रूपमा मतदाताहरूले विश्वास गरी समाजको हितमा काम गर्न निर्देशन दिनुभएको हो। उहाँहरूको विश्वासलाई आत्मसात गर्दै जिम्मेवारी पुरा गर्न पुर्णरूपमा युवाहरूले प्रयत्न गर्नेमा हामी युवाहरू बिस्वस्त रहेका छौं । नेप्लीज युथ युकेका प्रमुख तथा एन आरएनए युकेका पुर्व संयोजक रिचर्ड गुरूङले भने, ‘एन आरएनए मार्फत युवाहरूमा भएको सपभिन्न कला कौशल र सिपलाई सही रूपमा सदुपयोग गरे समाजमा मात्र नभइ सिंगो देशलाइनै ठुलो योग्दान पुराउन सकिने र यसको लागि युवाहरू र अनुभवी अग्रजहरूबिच सहकार्य गरि अघि बढ्न आवश्यक रहेको बताए।

यस पहिलो प्रकियागतरूपमा सम्पन्न एतिहासिक महाधिवेशन सफल पार्न सबैको ठूलो महत्वपुर्ण भूमिका रहेको बताउँदै पुर्व अध्यक्ष मुछेत्र गुरूङ्, कार्यसमिति, प्रमुख निर्वाचन आयुक्त डक्टर चन्द्र लोक्सम्बा, निर्वाचन कमिटी, सम्पुर्ण उमेरद्वारहरू, युवा वर्ग लगायत सहभागि मतदाताहरू सम्पूर्ण मा धन्यवाद राखेका छन्  ।

युवा को आए हेर्नुस तस्बिरमा—