लन्डन– लन्डन महानरीय प्रहरीले अपरिचितबाट केही नलिन अनुरोध गरेको छ ।
‘तपाई बाटोमा हिडिरहेको बेलामा वा कुनै पसलमा यदि कसैले तपाईलाई पर्फ्युम मन पर्छ भनेर सोध्यो र एउटा कागज दियो,’ लन्डन प्रहरीले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘कृपया अपरिचित व्यक्तिले दिएको यस्ता वस्तु प्रयोग नगर्नु होला । यो तपाईलाई फसाउने नया“ षड्यन्त्र हुन सक्छ । सो कागज नसालु पदार्थयुक्त हुन सक्छ ।’
प्रहरीले अपहरणका लागि आपराधिक गतिविधि हुनेप्रति सजग गराउँदै सुरक्षित रहनेबारेको सन्देश प्रवाह गरिदिन पनि अनुरोध गरेको छ । ‘यदि तपाईले सो वस्तु प्रयोग गर्दा तपाई अपहरण पनि हुन सक्नुहुन्छ । कृपया आफ्ना साथीभाइ तथा आफ्न्त लाई सुरक्षित राख्न चाहनु हुन्छ भने यो सन्देश सबैलाई प्रवाह गरिदिनु होला,’ सन्देशमा भनिएको छ, ‘यो कुनै ख्याल ठट्टा होइन ।’






