काठमाडौं– प्रमुख प्रतिपक्षी एमालेले बाढीपीडितको सहयोगार्थ करिब एक करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषलाई प्रदान गरेको छ ।
पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले मंगलबार ९९ लाख ७८ हजार ३ सय ९० रुपैयाँको चेक प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरे । एमालेले सांसद, केन्द्रीय नेता र राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूबाट एक महिनाको तलब उठाउने निर्णय गरेको थियो ।
त्यसबाहेक उक्त पार्टीले बाढीपहिरो पीडितका लागि छुट्टै अभियान सञ्चालन गरेरसमेत सहयोग गरिरहेको छ ।






