एनआरएन यूकेले गर्यो कांग्रेस नेता डा. रिजालसँग भब्य अन्तरक्रिर्या

शिव भण्डारी /लन्डन 

गैर आवासीय नेपाली संघ बेलायत (एनआरएन यूके) ले कांग्रेस नेता, सांसद तथा पूर्वमन्त्री डा. मिलेन्द्र रिजालसँग आइतबार लण्डनमा एक अन्तरक्रिया गरेको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा। रिजालले एनआरएनले अहिले पाउने भनेको अधिकार राजनैतिकबाहेकको भएको स्पष्ट पारे ।

गैर आवासीय नेपालीले पाउने नागरिकताको विषयमा भ्रम भए पनि नागरिकतामा आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार नै भएको उल्लेख गरे । कांग्रेस नेतृत्वको सरकारकै पालामा संविधानमा गैर आवासीय नेपालीलाई नागरिकता दिने ब्यवस्था गर्न सफल भएको रिजालले स्मरण गरे ।

डा. रिजालले आफूले गैर आवासीय नेपालीको अधिकारलाई संविधानमा उल्लेख गराउन ठूलो संघर्ष गर्नुपरेको पनि बताए । गैर आवासीय नेपाली नागरिकता सम्बन्धी ऐन संसदको समितिमा रहेको जानकारी गराउँदै उनले समितिमा कांग्रेसले मात्र पास गर्न सक्ने बहुमत नरहेकाले सत्ता पक्षलाई नै घचघचाउनुपर्ने सुझाब दिए ।

कार्यक्रममा एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्यले एनआरएन यूकेले हालै अध्यागमन अधिकारीहरुसँग गरेको कार्यक्रमले छिट्टै भिजा थप्न हेल्थ सर्टिफिकेट नचाहिने ब्यवस्था आउन लागेको जानकारी दिए ।

कार्यक्रममा सन्चालन गर्दै एनआरएन यूके महासचिव आर के त्रिपाठीले नेपाली कांग्रेसले निकै जिम्मेवार भएर प्रवासमा बस्ने नेपालीको आवाजलाई उठाउन सफल भएको भन्दै आगामी दिनमा पनि गैर आवासीय नेपालीको मागलाई सम्बोधन गर्न लागिपर्नुपर्ने विचार राखे । त्रिपाठीले गैर आवासीय नेपाली नागरिकताको विचाराधीन संशोधन प्रस्ताव कार्यान्वयनमा संसदमा आवाज उठाइदिन नेता रिजालसँग आग्रहसमेत गरे ।

एनआरएन यूके अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएन युके पूर्व अध्यक्ष एवं वर्तमान संरक्षक योगेन्द्रबहादुर क्षेत्री, एनआरएन यूके उपाध्यक्ष प्रेम गाहामगर, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, नेपालबाट आएका युवा नेता रवि राई, नेपाल तरुण दल सुनसरी अध्यक्ष सिजन गुरुङ, काउन्सिलर लछ्य गुरुङ, चेतनाथ खनाल, पत्रकार सञ्जय भक्त कँडेल लगायतले मन्तब्य राख्दै कांग्रेसलाई ससक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सुझाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *