काठमाडौं । नेपालको गौरवको रुपमा रहेको सगरमाथाको उचाइको विषयलाई लिएर विवाद देखिएको छ ।
भारतीय सञ्चार माध्यमहरुले नेपालको गौरवको विषय बनेका सगरमाथा र गौतम बुद्धका बारेमा विभिन्न समयमा विभिन्न किसिमको विवादित विषय ल्याउने गरेका छन् ।
यसैक्रममा भारतीय सञ्चार माध्यमहरुले वैज्ञानिकलाई उद्धृत गर्दै सगरमाथाको उचाइको बारेमा विवाद देखाएको छ । विश्वको अग्लो हिमालको रुपमा सगरमाथा नभएर इक्वेडरको ‘चिमबोराजो’ रहेको दावी गरिएको छ ।
पारम्पारिक मापनलाई आधार मान्ने हो भने अहिले पनि सामुद्रीक सतहबाट सगरमाथाको उचाइ ८८४८ मिटर रहेर शीर्ष स्थानमा रहेको ती सञ्चार माध्यमहरुको भनाइ छ । तर, पृथ्वीको संरचनाको हिसाबमा अन्तरीक्षबाट सबैभन्दा नजिक पृथ्वी सगरमाथा नभएर चिमबोराजो पर्वत रहेको समाचारमा उल्लेख गरिएको छ ।
भारतीय अनलाइन हिन्दी डट न्यूज ट्वान्टीफोर अनलाइन डटकमका अनुसार सगरमाथा सिर्फ सामुद्रिक सतहबाट मापन गर्दा अग्लो हिमाल हो भने पृथ्वीको केन्द्रबाट नाप्दा चिमबोराजो अग्लो रहेको छ । पृथ्वीको केन्द्रबाट मापन गर्दा २० वटा पर्वत भन्दा पछाडि सगरमाथा पर्ने सो अनाइलनले उल्लेख गरेको छ ।







