अर्घाखाँची समाजको अगस्ट ११ को भेलामा सुनितामीले अर्जुनलाई चुनौति दिने

लन्डन । अर्घाखाँची समाज यूकेको वार्षिक भेला यसपटक अगस्ट ११ तारिख आइतबार हुने भएको छ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहने उक्त कार्यक्रम अल्डरसटको क्लब टेम्पपाटेसनमा आयोजना हुनेछ ।

कार्यक्रममा लोकदोहोरी गायक अर्जुन सुनाम लाई चर्चित गायिका सुनितामी परियारले चुनौति दिने भएकी छिन् । गायिका सुनितामी परियार अर्घाखाँची सन्धिखर्क निबासी हुन् भने गायक अर्जुन सुनाम दाङ्ग जिल्ला निबासी हुन् ।

समाजका अध्यक्ष बालकृष्ण भुसालले दिएको जानकारीअनुसार स्थानीय नेपाली कलाकारको प्रस्तुति पनि कार्यक्रममा रहनेछ । समाजका अध्यक्ष भुसालले अर्घाखाँचीलाई माया गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भइदिन अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *