जग्गा प्लाटिङ गर्न सरकारी बन्देज

काठमाडौं– जग्गा दलालहरुले कृषियोग्य भुमिमाथि निरन्तर अतिक्रमण गरेपछि सरकारे जग्गा प्लाटिङ गर्न रोक लगाएको छ ।

घरजग्गा कारोबारलाई आवासीय रुपमा नलिई दलालहरुले ब्यावसायिक हिसावले करोवार गरेकाले त्यसलाई रोक्न भुमिसुधार तथा ब्यवस्था मन्त्रालयले प्लाटिङ र अनियमित कित्ताकाट रोक्ने नयाँ नीति ल्याएको हो ।

मन्त्रालयले अव कुनै पनि जग्गा कुनै पनि प्रकारले कित्ताकाट गरी घडेरीका रुपमा बिक्री वितरण गर्न गराउन नपाइने जानकारी गराएको छ ।