लण्डन । बेलायतका लागि नयाँ नेपाली राजदुतमा नेपाल सरकारले लोकदर्शन रेग्मीलाई सिफारिस गरेको छ ।
नेपाल सरकारले विहिबारको मन्त्रिपरिषदको निर्णयबाट बेलायतका राजदूतको रुपमा निवर्तमान मुख्यसचिबको रुपमा रहेका लोकदर्शन रेग्मीलाई नियुक्त गरेको हो ।
मुख्य सचिब पदबाट राजीनामा दिएसँगै रेग्मीलाई बेलायतको राजदूतको रुपमा नियुक्ती दिएको हो ।
हाल नेपाल सरकारको मुख्य सचिव रहेका रेग्मीको कार्यकाल कात्तिक ७ गते सकिँदै थियो तर दुई हप्ता अगावै बुधबार उनले पदबाट राजिनामा दिएका थिए ।
मन्त्रिपरिषदले उनको राजिनामा स्वीकृत गर्दै बेलायतका लागि नयाँ राजदुतमा सिफारिस गरेको हो ।
स्याङजाको वालिङ नगरपालिका वडा नम्बर ७ मा जन्मिएका रेग्मी सन् १९९५ मा गृह मन्त्रालयको शाखा अधिकृत पदबाट निजामति सेवामा प्रवेश गरेका थिए ।
उनले बन तथा भू-संरक्षण मन्त्रालयको सह सचिव, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम दिभिकनको उपसचिव , पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयको प्रशाशक , बन तथा भू-संरक्षण मन्त्रालयको सचिव, अर्थ सचिव र गृह सचिव भएर यस अघि सेवा गरी सकेका छन् ।






