संविधानसभाको बैठक डाक्न आग्रह

काठमाडौं, १५ चैत्र  । सत्ताधारी दल काँग्रेस–एमालेले संविधानसभाको बैठक डाक्न संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग आग्रह गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको काँग्रेस–एमाले बैठकले संविधानसभामा स्थगित गरिएको संविधान लेखनको प्रक्रिया तत्काल शुरु गर्न सभाध्यक्ष नेम्वाङसँग आग्रह गरेको हो । लामो समयसम्म संविधानसभाको बैठक स्थगितहुँदा संविधान लेखन प्रभावित भएको भन्दै सत्ताधारी दलहरुले संविधानसभाको प्रक्रिया चलिरहेको बेला पनि वार्ताको ढोका भने खुला नै रहने जनाएका छन् ।
संघीयताको विषयमा सहमति जुट्न नसकेको अवस्थामा संघीयताको विषयमा पछि छलफल गर्ने गरी  काँग्रेस–एमाले आगामी जेठ १५ गतेभित्र संविधानसभाबाट संविधानको मस्यौदा तयार गर्नुपर्ने पक्षमा छन् । संविधानसभाको बैठक डाक्ने विषयमा हिजो काँग्रेस र एमालेले एकीकृत माओवादीसँग छुट्टाछुट्टै रुपमा छलफल गरे पनि बैठक बिना निष्कर्ष टुंगिएको थियो