काठमाडौं– एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले केही साताभित्रै पार्टी एकता हुने उदघोष गरेपछि चर्चा परिचर्चा सुरु भएका छन् ।
पार्टी एकताबारे नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले पनि मुख खोलेको छ । विप्लव माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले प्रचण्डले नयाँ जनवादी क्रान्तिको कार्यदिसालाई निशर्त स्वीकार गरे आफूहरु पनि एकता गर्न तयार भएको बताए । बास्तोलाले बजारमा अनावश्यक रुपमा मओवादी एकताको हल्ला चलेको भन्दै उनले भने ‘एकता हुनु छ भने भइहाल्छ नि तर त्यो एकता निजी स्वार्थ सिद्ध गर्नका निम्ति नभई इमान्दारीतापुर्वक क्रान्तिका निम्ति हुनुपर्यो ।’
एमालेसँग बराबरीको बार्गेनिङ्का लागि प्रचण्डलाई कसैसँग एकताको खाँचो भएकोले उनी आतुर भएको बास्तोलाको आरोप थियो । नेपालमा ध्रुत संशोधनवाद हावी भएको र त्यसको विरुद्धमा नयाँ जनवादी क्रान्तिका निम्ति क्रान्तिकारीहरुको ध्रुवीकरणको आवश्यकता रहेको बताउँदै बास्तोलाले भने ‘दलाल पूँजीवाद र संसोदनवादीबाटो अंगालेका पार्टीहरुसंग कुनैपनि हालतमा एकता हुन सक्दैन ।’






