तीन सचिवको सरुवा

singha durbarकाठमाडौं- सरकारले नेपाल सरकारका तीन जना सचिवको सरुवा गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठक तीन जना सचिवको सरुवा गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री शेरधन राईका अनुसार उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनालको रक्षा मन्त्रालयमा, भूमिसुधार मन्त्रालयका सचिव सूर्य सिलवालको उद्योग मन्त्रालयमा र क्षेत्रीय प्रशासक मोहनकृष्ण सापकोटाको भूमि सुधार मन्त्रालयमा सरुवा भएको हो ।