नयाँ शक्तिमा गएका तीन नेता फर्के

UCPN-Maoist-flag
काठमाडौं- कात्तिक दोस्रो साता एमाओवादी केन्द्रीय समिति परित्याग गरेका तीन नेता आत्मालोचना गर्दै पार्टीमा फर्केका छन् ।

असोज ९ गते पार्टी परित्याग गरेका बरिष्ठ नेता बाबुराम भट्टराईले थालेको नयाँ शक्ति अभियानमा सहभागी हुने भन्दै पार्टी त्यागेका उनीहरु फेरि फर्केका हुन् ।

बिहीबार केन्द्रीय समिति बैठकमा सहभागी हुँदै पोलिटब्युरो सदस्य शशि शेरचन ‘स्वनाम साथी’, घनश्याम यादव र उपेन्द्र साहले महासचिव कृष्णबहादुर महरालाई आत्मालोचना पत्र बुझाएका हुन् ।