नेपालमा सर्वदलीय डेलिगेसन पठाउन भारतको प्रस्ताव

sushma swarajकाठमाडौं- भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा ‘सर्वदलीय डेलिगेसन’ पठाउन प्रस्ताव गरेकी छन् ।

विदेश मन्त्री स्वराजले नेपाल मामलामा राज्यसभामा पेश भएको ध्यानाकर्षण प्रस्तावबारे सदनमा दर्ता गराएको लिखित जवाफबारे भारतीय विदेश मन्त्रालयले आफ्नो मिडिया सेन्टरमार्फत जानकारी गराएको छ । स्वराजले यसका लागि राज्यसभामा रहेका सबै दलको प्रतिनिधित्व रहेको टोली नेपाल भ्रमणमा पठाउने उनको प्रस्ताव छ ।

अघिल्लो साता लोकसभा बैठकमा नेपाल मामलामा जोडिएका एक दर्जन सांसदले राखेको प्रस्तावअनुसार नेपालले भन्दै आएको नाकान्दीको स्थिति र यथार्थबारेमा जानकारी लिन भारतीय संसदबाट सर्वदलीय राजनीतिक दलको टोली पठाउनु उपयुक्त हुने भन्दै विदेश मन्त्री स्वराजले ‘भारतले नाकाबन्दी नलगाएको’ धारणा दोहोर्‍याएकी छिन् ।