लण्डन । बेलायतमा बसोबास गर्ने गुरुङहरुको सबैभन्दा ठूलो नेपाली जातीय संस्था तमु धि यूकेको नेतृत्व नन्दजंग गुरुङको कांधमा आएको छ । संस्थाको नयां कार्यसमितिको लागि अध्यक्ष पदमा नन्दजंगको एक्लो उम्मेदवारी परेपछि उनले निर्विरोध रुपमा नेतृत्वको अवसर पाएका छन् ।
२९ सदस्यीय कार्यसमितिको सबै पदहरु नै निर्विरोध भएका छन् । नयां कार्यसमितिको औपचारिक घोषणा भने आज शनिबार दिउसो हुने अधिवेसनबाट गरिनेछ । नयां कार्यसमितिमा निर्विरोध हुनेहरुमा उपाध्यक्षहरुमा जुमकाजी गुरुङ, हरि गुरुङ र हितकाजी गुरुङ, महासचिवमा तुलाराम गुरुङ, सचिवमा परशुराम गुरुङ , कोषाध्यक्षमा कुमार गुरुङ र सहकोषाध्यक्षमा कमल गुरुङ छन् ।
त्यसैगरी क्या पिताम्बर गुरुङ खेलकुद सचिव, रोहितकुमार गुरुङ प्रवक्ता, इन्द्र घोताने गुरुङ सांस्कृतिक सचिव , सविन्द्रकुमार गुरुङ प्रेस ( वेबमास्टर) , नरेश गुरुङ प्रपर्टी विभाग, जगतमाया गुरुङ महिला विभाग र राजेन्द्र गुरुङ युवा विभागमा पनि निर्विरोध बनेका छन् । सदस्यहरुमा मिलन तमु गुरुङ, भोजबहादुर गुरुङ, मनप्रसाद गुरुङ, जयबहादुर गुरुङ, कोलप्रसाद गुरुङ, टंकप्रसाद गुरुङ, श्रीप्रसाद गुरुङ, युवन गुरुङ, श्रीबहादुर गुरुङ, अरुण गुरुङ, मदन गुरुङ, लवकुमार गुरुङ, यमकुमार गुरुङ र भिम गुरुङ छन् ।






