निर्वाचन आयोगसँग किन रुष्ट भयो एमाले?

काठमाडौं– निर्वाचन आयोगले बजेट भाषण गरेर दोस्रो चरणको चुनाव गर्न सकिने अभिव्यक्ति दिएपछि प्रमुख विपक्षी एमाले रुष्ट भएको छ । उसले लिखितरुपमै निर्वाचन आयोगलाई चेतावनीयुक्त पत्र दिएको छ ।

एमाले सचिव योगेश भट्टराईले बजेटपछि चुनाव गर्ने कुरा एमालेले कुनै हालतमा स्वीकार नगर्ने निर्णय भएको छ ।

प्रमुख निर्वाचन आयुक्तले दुई दिनअघि सरकारले जेठ १५ मा नै बजेट ल्याउने बताएका थिए । तर, बजेट र नीति तथा कार्यक्रम निर्वाचन आयोगको स्वीकृतिमा ल्याउनुपर्ने उनको धारणा थियो ।

जेठ १५ गते चुनावी बजेट पेस गरेर त्यही बजेटको वकालत गर्दै भोट माग्न जाने सत्तापक्षको षड्यन्त्र भएको एमालेको आरोप छ ।