पूर्व मुख्यसचिव रेग्मी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त

d'Vo ;lrj /]UdL sfo{ef/ gj lgo'Qm d'Vo ;lrj nf]sbz{g /]UdL a'waf/ k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{nodf sfo{ef/ ;DxfNg'x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

लण्डन । पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेकी हुन् ।

रेग्मी राजदूतमा नियुक्त भइसकेपछि हालसम्म राजदूत रहेका डा. दुर्गाबहादुर सुवेदी आफ्नो ४ बर्षे कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुनेछन् ।

रेग्मीलाई २०७७ आश्विन १५ गते विहिबारको मन्त्रीपरिषद बैठकले बेलायतका लागि नेपाली राजदूतमा नियुक्ती दिने निर्णय गरेको थियो । सोही दिन उनले आफ्नो पदबाट राजिनामा दिएका थिए ।

२७ कार्तिक विहिबारमा उनको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको थियो । उनीविरुद्ध उजुरी परेको भएपनि उजुरीकर्ताहरु उक्त दिन उपस्थित भएका थिएनन् ।

रेग्मी नेपाल सरकारका पूर्व मुख्यसचिव हुन् । स्याङजाको वालिङ नगरपालिका वडा नम्बर ७ मा जन्मिएका रेग्मी सन् १९९५ मा गृह मन्त्रालयको शाखा अधिकृत पदबाट निजामति सेवामा प्रवेश गरेका थिए ।

बन तथा भू–संरक्षण मन्त्रालयको सह सचिव, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम दिभिकनको उपसचिव , पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयको प्रशासक , बन तथा भू–संरक्षण मन्त्रालयको सचिव, अर्थ सचिव र गृह सचिव हुँदै सरकारको मुख्यसचिव भएर यस अघि सेवा गरेका थिए ।