लन्डन आइपुगे अर्थ मन्त्री डा. महत र उधोग बाणिज्यका अध्यक्ष ढकाल बिमानस्थलमा भब्य स्वागत

लन्डन। नेपाली कांग्रेसका नेतासमेत रहेका डा० प्रकाश शरण महतनेपाल उधोग बाणिज्यका संघ अध्यक्ष एबम आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल लन्डन आइपुगेका छन् ।

शनिबार राती लन्डन आइपुगेका उनलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाली जनसम्पर्क समिति बेलायत सभापति युवराज गुरुङ, उपाध्यक्ष प्रबेश केशी,आइएमई लन्डनका प्रमुख कमल पौडेल लगायतले स्वागत गरे । 

मन्त्री डा० प्रकाश शरण महतको स्वागतका लागि दर्जनौं कांग्रेस कार्यकर्ता हिथ्रो विमानस्थल पुगेका थिए ।

बेलायत कांग्रेसका पूर्व माहामन्त्री आरके त्रिपाठी, माहामन्त्री नर्बू सेर्पा कोषाध्यक्ष अशल लिम्बु,दुर्गा लिम्बु,बिनय दाहाल लगायत   विमानस्थल पुगेका थिए ।

आउंदो ३१ अक्टोबर मंगलबार दिउसो लन्डन म्यान्सन हाउसमा ‘इमर्जिङ नेपालः अपरचुनिटिज फर इम्प्याक्ट इन्भेष्टमेन्ट एण्ड ट्रेड’ विषयक सम्मेलन हुंदैछ । ब्रिटिश सरकारसंगको समन्वयमा दूतावासले लगानी सम्मेलन गर्न लागेको हो ।

मन्त्री महतले सम्मेलनका क्रममा ब्रिटिश लगानीकर्ता र विकास साझेदार कम्पनीहरुसमक्ष नेपालमा लगानीको वातावरण, कानूनी व्यवस्था, सरकारका प्रस्ताव र लगानीका सम्भावित क्षेत्र आदिबारे प्रस्तुति दिनेछन् ।

‘सम्मेलनको मुख्य उद्देश्य नेपालमा बढी भन्दा बढी लगानी भित्रयाउने वातावरण बनाउनु नै हो’, मन्त्री महतले भने, ‘गैर आवासीय नेपालीलाई पनि नेपालमा लगानी गर्न अहिले सहज परिस्थिति छ । संविधानले नै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार दिएकाले उहांहरुले अप्ठेरो मान्नु पर्ने अवस्था छैन् ।’

महतले ब्रिटिश मन्त्रीहरुसंग समेत भेट्ने कार्यक्रम रहेको बताए । उनी १ नोभेम्बरमा नेपाल फर्कने कार्यक्रम छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले नेपालमा हाइड्रोपावर, पर्यटन जस्ता क्षेत्रमा लगानीको सम्भावना र अवसर धेरै रहेको बताए ।

‘म आफैं सानो व्यवसायबाट शुरु गरेर कर्पोरेट लेभलसम्म र महासंघको अध्यक्ष भएको छु । व्यवसायीलाई नेपालमा जस्तो अवसर अन्यत्र छैन्’- ढकालले भने ।

यसैबीच, मन्त्री महतको सम्मानमा राजदूतावास र जनसम्पर्क समिति बेलायतले क्रमशः सोमबार र आइतबार बेग्ला बेग्लै कार्यक्रम गर्ने भएका छन् ।

जनसम्पर्क समिति बेलायतले मन्त्री  महतको सम्मानमा आइतबार फेल्थममा एक स्वागत कार्यक्रम गर्ने सभापति युबराज गुरुङले बताए ।