बेलायतको संसद भवन भित्र नेपलिज एसोसिएसन अफ वील्सायरले मनायो बडा दशैँ ,फोटो/भिडियो

शिव भण्डारी (फोटो  फिचर )

लन्डन । बेलायतको स्वीन्डन स्थित नेपालीहरुको संस्था ‘नेपलिज एसोसिएसन अफ वील्सायर’ ले बेलायतको संसद भवन भित्र बडा दसैँ मनाएका छन् । अक्टोबर २६ बिहीवार दशैंको अवसरमा लण्डन स्थित हाउस अफ कमन (House of Common) मा दशैंलाई विशेष रुपमा मनाएको हो ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यबाट सुभकामना आशीर्वाद लिई बडा दसैँ मनाएका छन् । राजदूत आचार्यले यो स्थानमा दशै मनाउन पाउनुले हाम्रो रितिरिवाज र कला संस्कृृतिलाई नेपाल र बेलायतबीचको सम्बन्धमा थप प्रगाढ बनाउन मद्दत गरेको बताए

संस्थाका अध्यक्ष ज्ञान प्रसाद गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा सो क्षेत्रबाट बेलायतको संसदमा प्रतिनिधित्व गर्ने सांसद सर रोवर्ट वुकल्याण्ड (Sir Robert Buckland)रहेका थिए ,प्रमुख अतिथि सांसद रोबर्टले बडादशैँ तथा‌ शुभदिपावलीको सुखद उपलक्ष्यमा शुभकामना दिदै स्वीन्डनमा बसोबास गर्ने नेपाली समुदायले महत्वपूर्ण सेवा दिइरहेको भन्दै प्रशंसा गरे।

बेलायतको हाउस अफ कमनमा दशै मनाउनको लागि स्वीकृति पाउनु नै नेपालीका लागि गर्वको कुरा हो“संस्थाका अध्यक्ष ज्ञान प्रसाद गुरुङ्गले लण्डन नेपाल न्यूज सँगको कुराकानीमा भने ।बेलायतको संसद भवन भित्र नेपाली कला-संस्कृती र रितीरिवाजसंगै नेपालीहरुको महान चाड मनाउन पाउनुनै महत्वपूर्ण कुरा रहेको उनले बताए । बेलायतको संसद भवनमा नेपालीहरुको महान चाड दसैं मनाउने अवसर कन्जरभेटिव पार्टिका सांसद रोवर्ट वुकल्याण्ड तथा युवा व्यवसायी एवं समाजसेवी रबिन्द्रजंग लामिछानेको सहयोग रहेको बताए

महत्व र सुरक्षाका दृष्टिकोणले अति उच्च स्थानको रुपमा लिइने हाउस अफ कमनमा आफुहरुले यो सुवणर् अवसर पाएकोले यसपालीको दशैं थप विशेष, अविस्मरणिय र ऐतिहासिक भएको संस्थाका उपाध्यक्षहरु राजन मल्लले बताए

संस्थाका सल्लाहकार विज्ञान शर्माले संचालन गरेको कार्यक्रममा लन्डन दूतावासका द्वितीय सचिव रामबाबु नेपाल, लन्डन बरो अफ बार्नेटका काउन्सिलर लक्ष्य बहादुर गुरुङ, युवा व्यवसायी एवं समाजसेवी रबिन्द्रजंग लामिछाने ,आइएमई लन्डनका प्रमुख कमल पौडेल,लगायत नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी थिए

कार्यक्रममा नेपाली कला-संस्कृती झल्कने गीत/संगीत लगायत भोजनको ब्यवस्था गरिएको थियो ।कार्यक्रममा संस्थाकी सचिव जेनिशा थापा,शिक्षा पौडेल, बिनिता थापाले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए।

हाउस अफ कमन्समा भएको  कार्यक्रममा सयौं उपस्थिति रहेको र भब्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपलिज एसोशियसन अफ विल्टसायरका अध्यक्ष ज्ञान प्रसाद गुरुङ, उपाध्यक्षहरु राजन मल्ल, तारा लिम्बु, महासचिव जेनिसा थापा, कोषाध्यक्ष चिज बहादुर गुरुङ, खाना व्यवस्थापक तिल मगर, महिला संयोजक रुपा गुरुङ, संस्कृती संयोजक गौरी माया गुरुङ, जेष्ठ नागरिक संयोजक प्रेम सिंह गुरुङ, सल्लाहकारहरु विज्ञान शर्मा, हरिभक्त लिम्बु, देभेन्द्र श्रेष्ठ लगायत नेपाली समुदायका अगुवा तथा अन्य प्रतिनिधिहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।