मोर्चाका शीर्ष नेतालाई भारतले दिल्ली बोलायो

morchaकाठमाडौं- आन्दोलनरत मधेसी मोर्चाका शीर्ष नेताहरू आइतबार नयाँ दिल्ली जाने भएका छन् ।

भारत सरकारको निमन्त्रणमा मोर्चाका नेताहरु दिल्ली जान लागेको काठमाडौंस्थित भारतीय दूतावासले पुष्टि गरेको जनाइएको छ ।

मोर्चाका नेताहरूको भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भ्रमणक्रममा बैठक तय भएको बताइएको छ ।

मोर्चाका नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल तथा विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भेट गर्ने छन् भने मोदीसँगको भेटबारे भने टुंगो भइसकेको छैन ।