भारतीय राजदूतको विवादास्पद अभिव्यक्ति

ranjit-rayकाठमाडौं- भारतीयले राजदूतले अर्को विवादास्पद अभिव्यक्ति दिएका छन् ।

उनले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई भारतीय अधिकारीहरुले मधेस आन्दोलनसँग भारतलाई जोड्दै नेपाल सरकारले भारतबिरुद्ध गरेको प्रचारवाजीका बिषयमा स्पष्टिकरण लिएको दाबी गरेका छन् ।

आन्दोलनरत संयुक्त मधेसी मोर्चाका नेताहरुसँग शुक्रबार साँझ काठमाडौंस्थित दूतावासमा भएको भेटमा भारतीय राजदूत रन्जित रेले यसको खुलासा गरेका हुन्।

राजदूत रेसँग शुक्रबार साँझ तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र तराई मधेस सद्भावना पार्टीका उपाध्यक्ष रामनरेश रायले लामो परामर्श गरेका थिए।

थापाले चार दिने यात्राका क्रममा भारतीय विदेशमन्त्री सुष्मा स्वराज, प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सूरक्षा सल्लाहकार अजित डोभल लगायतका भारतीय अधिकारीहरुसँगको भेटमा नाकाबन्दी फुकाउन आग्रह गरेको रेले मधेसी नेतालाई जानकारी दिएका थिए।

थापाको आग्रहप्रति भारतीय अधिकारीहरुले नेपालको नाकाबन्दीमा आफ्नो देशले नाकाबन्दी नगरेको जानकारी दिदै यसको नाममा नेपालले भारतविरुद्ध प्रचारबाजीबारे स्पष्ट पार्न भनेका थिए।

भारतीय अधिकारीहरुले नेपालका प्रधानमन्त्री, उपप्रधानमन्त्री लगायत जिम्मेवार नेताले मधेस आन्दोलनका कारण बन्द सीमानाका भारतले बन्द गर्‍यो भन्‍ने आरोपको प्रमाण दिन परराष्ट्रमन्त्री थापालाई चुनौति दिएका थिए।