धरहरा बनाउन सहयोग गर्ने हो ?

Dharahara tower Nepal_1काठमाडौं- ‘मै बनाउँछु मेरो धरहरा’ अभियान अन्तर्गत धरहरा पुनर्निर्माण कोषको बैंक खाता खोलिएको छ ।

थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैंकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १४३०००१९८००१ नम्बरको खाता खोलेको हो । खातामा प्रधानमन्त्री केपीशर्मा ओलीले एक महिनामा पाउने पारिश्रमिक ६१ हजार ८ सय २० रुपैयाँ सबैभन्दा पहिले जम्मा भएको प्राधिकरणका कामु सचिव मधुसुदन अधिकारीले जानकारी दिनुभयो ।

मंगलबार धरहरा परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणका लागि एक महिनाको पारिश्रमिक दिने घोषणा गर्नु भएको थियो ।