हिलिङडन गोर्खाको तीज १२ अगस्टमा,पुनम राज्य लक्ष्मी प्रमुख अतिथि

london-mela-2016-029लन्डन– हिलिङडन गोर्खा नेपलिज कम्युनिटीले तीज विशेष कार्यक्रम गर्ने भएको छ ।

बुट वेल सोसल क्लवमा आगामी अगस्ट १२ तारिख शनिबार साझा ६३० बजे देखि कार्यक्रमको प्रबन्ध मिलाइएको छ। लण्डनस्थित हिलिङडन गोरखा नेप्लिज कमिटीले यो वर्ष तीज पर्व भव्यरुपमा मनाउने भएको उपाध्यक्ष अञ्जना गुरुङले जानकारी दिइन् । सो अवसरमा नेपाली बालबालिकाहरुलाई नेपाली पढाउन सञ्चालनमा ल्याइएको नेपाली पाठशालालाई आर्थिक सहयोग जुटाइने भएको उनले बताइन् ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीकी पत्नी पुनम राज्य लक्ष्मी सुवेदी प्रमुख अतिथि रहनेछिन्। कार्यक्रममा एनआरएन यूकेकी उपाध्यक्ष शान्ति थापा मगर र तमु समाज यूकेको आमा समूहकी अध्यक्ष माया गुरुङ अतिथि रहने कार्यक्रम छ । कार्यक्रममा २५० भन्दा बढी दिदी बहिनी सहभागी हुने अपेक्षा गरेकी छन् ।