मायामी, माघ १३ – ग्ल्यामरका लागि चिनिने विश्वभरका सुन्दरीहरु जम्मा हुने प्रतियोगिता मिस युनिभर्स यतिबेला विवादमा तानिएको छ । गलत प्रतियोगीलाई उपाधि दिइएको भन्दै समाजिक सञ्जालमा आयोजकहरुको विरोध भइरहेको छ ।
कोलम्बियाका २२ वर्षीय पाउलिनाले भेगा मिस युनिभर्सको उपाधि जितेपछि सामान्यता उनले दर्शकबाट तालीको गडगडाहट पाउनुपर्नेमा त्यहाँ विरोधको स्वरहरु गुन्जिएको थियो । त्यहाँ उपस्थित धेरैले जमाइकाकी केसी फनेलले उक्त उपाधि जित्नुपर्ने भन्दै विरोध गरेका थिए । फनेल पाँचौं स्थानमा सिमित बनेकी थिइन् ।
२२ वर्षीय फिनेलले स्टेज छाड्ने वित्तिकै #MissJamaicaShouldHaveWon ट्वीटरमा ट्रन्डिङ्ग हुन थाल्यो । कोलम्बियाका सुन्दरी भेगा सुन्दरताको आधारमा कुनै हिसाबले कम नभए पनि फनेलको बोद्धिकता र आत्मविश्वासले धेरैको मन जितेको थियो ।
धेरैले मिस युनिभर्स केवल बाहिरी सुन्दरताको मात्र नभएर बौद्धिकताको आधारमा पनि चयन गरिनुपर्ने भन्दै तर्क गर्न थालेका छन् ।
एउटा सेल्फीले इजरायल र लेबनानबीच तनाव
मिस युनिभर्स प्रतियोगिताको दौरान खिचिएको एक सेल्फीले दुई देशबीच तनाव सृजना गरेको छ । लोमो समयदेखि सम्बन्ध खराब रहेको इजरायल र लेबनानबीच इजरायलकी सुन्दरी डोरन माटालोनले समाजिक सञ्जालमा पोष्ट गरिएको एक सेल्फीले पुनः तनाव शुरु गरेको छ । उक्त फोटो कै कारण लेबनानले आधिकारिक छानविन समिति गरेको छ । दुई देशबीच तनाव चलरिहँदा लेबनानकी सुन्दरी स्याली ग्रेगीले इजरायली सुन्दरीसँग तस्विर खिचाएपछि उनको आलोचना भइरहेको छ र कारवाहीको तयारी भइरहेको छ ।
लेबनानका पर्यटनमन्त्रीले माइकल फारोनले एपीसँग कुरा गर्दै ‘स्याली ग्रेगीको गल्ती भेटिए कारवाही गरिने’ बताएका थिए । यता ग्रेगीले भने आफूलाई थाहा नै नभई इजरायलकी सुन्दरीले फोटो खिचेको बताएकी छिन् । आफ्नो फेसबुकमा लेख्दै उनले आफूले इजरायलकी सुन्दरीसँग टाढो बस्न खोजेपनि म बसिरहेको ठाउँमा आएर मेरो फोटो झुक्किएर खिचेकी बताएकी छिन् ।
यता, इजरायलकी सुन्दरी माटालोनले भने आफूहरुले राजनीतिक मुद्दा भन्दा पनि देशको प्रतिनिधित्व गर्दै मिस युनिभर्समा भाग लिने बताउँदै ग्रेगीको आलोचना भएकोमा दुःख व्यक्त गरेकी छिन् ।










