
म्याड्रिड, माघ १४ – केही समयअघि मात्र आफ्नो लामो प्रेम सम्बन्ध टुटेको घोषणा गरेका रियल म्याड्रिडका सुपरस्टार क्रिस्टिायनो रोनाल्डोले नयाँ प्रमिकासँग डेटिङ शुरु गरिसकेको स्पेसिन मिडियाले बताएको छ ।
सुपरमोडल इरिना शायकसँगको ५ वर्षको सम्बन्ध अन्त्य गरेका रोनाल्डोले यतिबेला स्पेनिस टिभी रिपोर्टर लुसिया भिलालोनसँग डेट गरिरहेको दाबी गरिएको छ ।
तेस्रो पटक फिफा वर्ष खेलाडीको उपाधि जितेपछि रोनाल्डोलाई भिलालोनसँग खुसायाली मनाइरहेको तस्विर सार्वजनिक भएको थियो ।
रोनाल्डोकी नयाँ प्रमिका भनिएकी भिलालोन स्टेट टिभी प्रस्तोता हुन् । उनले कानुन र पत्रकारितामा डिग्री हासिल गरेकी छिन् ।
गत हप्ता गटाफेविरुद्धको खेलमा उनी रोनाल्डोलाई समर्थन गर्न स्टेडियममा आफ्नो साथीहरुसँग पुगेकी थिइन् । (एजेन्सी)
– See more at: http://www.ratopati.com/2015/01/28/204040.html#sthash.UNZGwXoB.dpuf









