काठमाडौं- भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएकी छन् ।
सोमबार नयाँदिल्लीमा एउटै कार्यक्रममा भेट भएकी विदेशमन्त्री स्वराजले आफू नेपालका प्रधानमन्त्री ओलीभन्दा ८ दिनले जेठी भएको बताइन् । प्रधानमन्त्री केपी ओलीको ६४ औं जन्मदिन परेकाले उनलाई ह्याप्पी बर्थ डे भन्दै सुष्माले भनिन्, ‘म ओलीजी भन्दा आठ दिनले जेठी रहिछु ।’
स्वराजले आफूलाई ओलीकी दिदी मात्र बताइनन् भारत नेपालको दाजु हो भन्नसमेत भ्याइन् । तर, भारत ‘बिग ब्रदर’ नभएर ‘एल्डर ब्रदर’ भएको बताइन् ।
कार्यक्रममा सुष्माले भारतले नेपालको संविधानलाई स्वागत गरेको जानकारी दिँदै संविधान संशोधन भएकोमा बधाइ दिइन् । साथै उनले मधेसको माग पूरा भएको बताइन् ।






