बेलायतमा ग्रीनविच नेपाली सोसाइटीले जनगणनाका लागि सुरु गर्‍यो तयारी अभियान

लन्डन । लण्डनस्थित रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटी आरजिएनएसले नेपाली समुदायमा जनगणना जागरूकता सम्बन्धि भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष शर्मिला हिराचन थकालीको सभापत्तित्वमा सम्पन्न गरिएको कार्यक्रममा अफिस फर नेसनल स्टाटिस्टिक्सका सल्लाहकार समिर गुरुङले जनगणना जागरूकता सम्बन्धि प्रस्तुतीकरण गरेका थिए।

सन् २०२१ सालको जनगणनाको बारेमा, यो जनगणनाको महत्व र नेपाली समुदायले गर्नुपर्ने भावी कार्य योजनाको सम्बन्धमा विवेचना गर्दै आगामी जनगणनाको लागि प्रशिक्षण र सशक्तिकारणको जरुरि रहेको र नेपाली समुदायलाई पूर्ण सहभागिताको लागि अपिल समेत गरे।

जनगणना तथा जागरूकता समितिका संयोजक पुण्य रेग्मीले नेपाली समुदायका हरेक सदस्यले जनगणना सहभागिताको महत्वबारे प्रकास पारेका थिए । त्यसैगरी जनगणनाबाट प्राप्त सूचांकहरुको मुल्यांकनले सरकारी तवरबाट कसरी स्थानीयहरुमा बजेट, योजना, सेवा तथा सुबिधाको ब्यबस्थापन हुन्छ भन्ने विषयमा समेत उनले स्पष्ट पारे ।

कार्यक्रममा प्रमुख अतिथि संसद अबेना अपुंग असारे, विशेष अतिथि, ग्रीनविच काउन्सिल, बालक तथा युवा क्याबिनेट सदस्य अर्थात् काउन्सिलर म्याथु मोरो , एनआरएनए युकेका उपाध्यक्ष सुनिल बाबु खड्का, तथा महासचिव फणिन्द्र भट्टराई, एनआरएनए इंग्ल्यान्ड राज्य समन्वय परिषदका अध्यक्ष दिपक श्रेष्ठ, यति एसोसियसन युकेका अध्यक्ष धुर्व केसी, तमुधी युकेका पुर्व अध्यक्षहरु सुवास सिंह गुरुङ, ज्ञान ,गुरुङ, तमु समाज युकेका सस्थापक अध्यक्ष चित्र गुरुङ, तमुधी युकेका उपाध्यक्ष हरि गुरुङ तथा जुम काजी गुरुङ, ग्रेटर रसमोर नेपाली समाजका पुर्व अध्यक्ष रोहित गुरुङ, चार्ल्टन समाजका अध्यक्ष कृष्ण खरेल तथा महासचिव राजु न्यौपाने, ठकुरी समाज युकेका अध्यक्ष हरि कुमार मल्ल, एनआरएनए आइसीसी सदस्य सुरज मास्के, आइसीसी सदस्य राम शरण सिम्खडा, कोने घोताने घुन्ढ़े समाज युकेका अध्यक्ष अले चन्द्र गुरुङ, प्रवासी नेपाली एकता मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनी लगायत बोलेका थिए । त्यसैगरी एनआरएनए आइसीसी अर्नरी काउन्सिल सदस्य बिनोद ज्ञवाली, अन्तर्राष्ट्रिय धादिङ समाजका प्रवक्ता राजन खकुराल, नेपाली वेल फेवर सोसाईटीका अध्यक्ष धन बहादुर सार्की , युथ यसोसियसन युकेका अध्यक्ष लक्ष्मन गुरुङ, साहित्य परिसद युकेका अध्यक्ष कोमल मल्ल, बिश्वकर्मा नेपाली समाजका अध्यक्ष थाम बिश्वकर्मा , साउथ ईस्ट रिजनल तमुधी युकेका उपाध्यक्षहरु पार्वती गुरुङ तथा योगेस गुरुङ, सोसाईटी अफ नेपलीज प्रोफेसनल युकेका सचिव दिलिप पौडेल, पशुपति नाथ मन्दिरका सचिव कल्पना त्रिपाठी, बुद्ध फाउन्डेसन युकेका सचिव सुरेन्द्र रुपाखेती, समाज सेवी अहिल्या कुँवर लगायतले पनि कार्यक्रम सफलताको शुभकामना दिए ।

प्रेस युनियन युकेका अध्यक्ष बिपिन निरौला, नेपाल पत्रकार महासंगका उपाध्यक्ष श्याम लूईटेल, प्रेस युनियन युकेका उपाध्यक्ष एभरेस्ट गौतम लगाएतका पत्रकारहरुले रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटीले चलाएको विशेष अभियान प्रशंसनीय भएको बताए ।

सोसाइटीका संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, भाषा तथा सॅंस्कृती विभागका संरक्षक एवं पूर्व अध्यक्ष हरि गोविन्द गुरुङ, प्रमुख सल्लाहकार मोहन गुरुङ, पुर्व प्रमुख सल्लाहकार एल एन पाण्डे , संस्थाका उपाध्यक्ष लिलादेवी गुरुङ, महासचिव मंजु भण्डारी, सहकोषाध्यक्ष श्रदा थापा, कल्चरल संयोजक अन्जना थापा, कार्यकारी सदस्यहरु अनिता केसी, रुद्र गौतम, खेम शर्मा, समाजसेवी दुर्गा पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

निरीक्षण तथा सुपेरीवेक्षण समितिका संयोजक तथा संस्थाकी अध्यक्ष शर्मिला हिराचन, जनगणना तथा जागरूकता समितिका पुण्य रेग्मी , स्वयंसेवक परिचालन समितिका जीवन सेन, कोरोना बिरुद्धको खोप सम्बन्धि सल्लाह, सुझाव समितिका रुद्र गौतम र संसाधन ब्यबस्थापन समितिका सुशील प्रजापतिले आफ्नो कार्यप्रगति सहितका भनाईहरु राखेका थिए ।

एनआरएनए युकेका सचिव, संस्थाका उपाध्यक्ष तथा यस अभियानका संयोजक जित रानाभाटले बेलायतमा रहेका नेपालीहरुले नेपाली समुदायको पहिचान, आर्थिक, सामाजिक तथा राजनीतिक विकासको लागि समुदायका सदस्यहरुको असल सहि तथा पूर्ण विवरण राष्ट्रिय तथ्यांकमा समाबेश हुनुपर्ने भन्दै यसका लागि जनगणना कार्यक्रममा कोही पनि छुट्न नहुनेमा जोड दिए ।

संस्थाले नेपाली समुदायमा कोरोनाको महामारीका कारण पिडित वर्गलाई औषधी वितरण, खोप उपलब्ध गर्नको लागि सहयोगको अभियान पनि सुरु गरिसकेको छ।

रोयल बरो ग्रीनविच सोसाइटीका उपाध्यक्ष तथा अभियानका संयोजक जित रानाभाटको सञ्चालन रहेको कार्यक्रम लण्डन नेपाल न्यूजबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।