साहित्यको माध्यमबाट रुढीबारी परम्पराविरुद्ध चेतना दिन सफल वरिष्ठ गजलकार बूँद राना (लोकबहादुर राना ) लाई यस वर्षको दशरथ चन्द स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । चितवनबाट प्रकाशित साहित्यिक त्रैमासिक पत्रिका हाम्रो सिर्जनाले रानालाई उक्त पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको कार्यक्रमका संयोजक डिआर पोखरेलले आज जानकारी दिनुभयो ।
उक्त पुरस्कारको राशि रु १० हजार रहेको छ । भैरहवाका गजलकार राना सफल बाल साहित्यकार समेत हुनुहुन्छ । सहिद सप्ताहको अवसरमा यही माघ १६ गते चितवनको भरतपुरमा पुरस्कार प्रदान गरिने बताइएको छ । २०६९ सालबाट साहित्यकार आनन्ददेव भट्ट र सुशीला भट्टले सहिद दशरथ चन्दको स्मृतिमा उक्त पुरस्कार स्थापना गर्नुभएको हो ।
गजलकार रानालाई दशरथ चन्द स्मृति राष्ट्रिय पुरस्कार






