काठमाडौंमा खुल्यो डोरी नै डोरीले बेरिएको अचम्मको रेष्टुरेण्ट (भिडियोमा हेर्नुहोस्)

काठमाण्डौ । आफ्नो व्यवसाय प्रति ग्राहकहरुलाई आकर्षित गर्न व्यवसायीहरुले विभिन्न उपायहरु अपनाउने गर्दछन् । विभिन्न समयमा हामीले अनौठो र आश्चर्यजनक व्यवसायहरु सञ्चालनमा रहेका खबरहरु पढिरहेका हुन्छौँ ।

काठमाण्डौमा यस्तै एउटा अचम्मको रेष्टुरेण्ट खुलेको छ । ग्राहकहरुलाई आकर्षित गर्ने उद्धेश्यले उक्त रेष्टुरेण्टको सजावटमा डोरीको प्रयोग भएको छ । डोरी नै डोरीको आकर्षक डिजाईनहरुबाट बनेको यो रेष्टुरेण्टको नाम पनि डोरी नै हो ।

नाम जस्तै उक्त रेष्टुरेण्टमा अहिले नेपालका चर्चित कलाकार तथा विभिन्न व्यक्तित्वहरु पुग्ने गरेका छन् । काठमाडौंको मैतीदेविमा खुलेको रेष्टुरेण्टमा चर्चित नायक गजित बिष्टले खोलेका हुन् । आधा दर्जन भन्दा बढी नेपाली चलचित्रमा अभियनय गरेका उनले अहिले रेष्टुरेण्ट खोलेका हुन् ।

गजित र उनका भाई चर्चित कोरियोग्राफर गम्भिर बिष्टसंगै साथीहरु मिलेर करोडौंको लगानीमा यो रेष्टुरेण्ट खोलेका हुन् । रेष्टुरेण्टको अनौठो बोर्डले नै गा्रहकहरुलाई तान्ने गरेको छ ।

आउनुहोस रेष्टुरेण्टबारे पुरा जानकारी दिन भिडियो हेर्नुहोस ।