काठमाडौ । आदिवासी जनजातिहरुमा दशै मान्ने वा नमान्ने भन्नेमा दुई मत देखिएको छ । राजधानीमा आइतबार आयोजना गरिएको आदिवासी र दशैं बिषयक सम्बाद कार्यक्रमका क्रममा आदिवासी अगुवा तथा अभियन्ताहरुबीच मत बाँझिएको हो ।
त्रिभूवन विश्वबिद्यालय मानवशास्त्र बिभागका प्रमूख तथा मानवशास्त्री डा डम्बर चेम्जोङले दशै शक्ति र सत्तासँग सम्बन्धीत भएको हुँदा यसको साँस्कृतिक महत्व नभएको जिकिर गरे भने अर्का अभियन्ता डा कृष्णराज सर्बहारीले दशै थारुहरुको सामाजिक र साँस्कृतिक बिषयसंग जोडिएको हुँदा दशै बहिस्कार गर्न नसकिने धारणा राख्नु भएको थियो ।
‘दशैमा सबैले रामलाई पुजा गर्छन् तर थारु हरुले रावणलाई पुजा गरेर परम्परागत रुपमा दशै मनाउँछन्’ सर्वहारी भने –दशैमा गुरुवावालाई पुजा गरिन्छ, अरुले दुर्गा पुजा गर्ने हाम्रो चलन छैन । यसले दशै बहिस्कार गर्ने हो भने गुरुवावा पुजा गर्ने र बडघर भल्मन्छा जस्ता परम्परा पनि मासिन्छन् ।
तर मानवशास्त्री चेम्जोङले भने दशै सत्तासंग सम्बन्धीत भएका कारण आदिवासी र उनीहरुको संस्कृतिसँग कुनै साइनो नभएको धाराणा राखे । उनले भने, जुन जुन लिम्बूहरुले दशै मनाए, उनीहरु सत्ता र शक्तिसंग नजिक थिए, त्यसैले उनीहरुले सत्ता रिझाउन मनाएका थिए । तर अहिले उनीहरुको भूमि तथा सब्त्ता खोसिएको हुँदा यो प्रचलन पनि छैन ।
इन्सिटयुट फर सोसियो कल्चरल सिरर्च एन्ड एनालिसिस नामक संस्थाले सामाजिक साँस्कृतिक सम्बाद श्रृंखला अन्तर्गत यो सम्बाद भएको हो । संस्थाका कार्यक्रम संयोजक नवराज लामाले सन्चालन गर्नू भएको कार्यक्रममा अनुसन्धानकर्ता मन कुमारी ठाडा मगरले दशैमा देखिएको समाजिक र साँस्कृतिक समस्याका बारे बोलेका थिए ।






