एक सातापछि अर्का नेपाली युवा सिड्नीमा मृत फेला

sydney-studentसिड्नी- अष्ट्रेलियामा नेपाली युवा मिलन अधिकारीको निधन भएको एक सातापछि अर्का नेपाली युवा पनि मृत फेला परेका छन् ।

उच्च शिक्षाका लागि अष्ट्रेलिया आएका राजु भण्डारी आफ्नै कोठामा २० फेब्रुअरीका दिन मृत फेला परेका छन् । आफ्नै कोठाको झ्यालमा डोरीको पासो लगाई भण्डारीले आत्महत्या गरेका हुन् ।

घटनाको तत्कालै घटना स्थल पुगेका नेप्लिज अष्ट्रेलियन युथ एसोसिएसनका अध्यक्ष कोमलराज पाठकका अनुसार भण्डारीको शव पोस्टमार्टम र अन्य कानुनी प्रक्रियाका लागि अनुसन्धानमा नै राखिएको छ । अनुसन्धानपछि उनको परिवारको अनुरोध अनुसार दाहसंस्कारका लागि नेपाल नै पठाउने तयारी भइरहेको पाठकले जानकारी दिए ।

पाठकका अनुसार साथीहरुसँग बस्दै आएका भण्डारीको अष्ट्रेलियामा कोही आफन्त छैन । एसोसिएसनले शव नेपाल पठाउन सहयोग जुटाउन थालेको छ ।