सिड्नी । अष्ट्रेलियाको प्रधानमन्त्रीमा लेवर पार्टीका नेता एन्थोनी अल्बानिज बन्ने भएका छन् । शनिवार भएको संघीय निर्वाचनमा उनको लेवर पार्टीले बहुमत ल्याएसँगै उनी प्रधानमन्त्री हुने निश्चित भएको हो ।
हालसम्म प्रधानमन्त्रीको रुपमा रहेका लिवरल पार्टीका नेता स्कट मरिसनले उनलाई अग्रिम बधाई नै दिएका थिए । उनले आफ्नो जितपछि दिएको विजयी मन्तव्यको क्रममा स्कटले आफूलाई अग्रिम बधाई दिएको भन्दै धन्यवाद समेत ज्ञापन गरे ।
योसँगै उनी अष्ट्रेलियाको ३१ औँ प्रधानमन्त्री बनेका छन् । यस दिन अष्ट्रेलियाका जनताहरुले परिवर्तनको निम्ती भोट लिएको भन्दै उनले अब अष्ट्रेलियाको ३१ औं प्रधानमन्त्रीको रुपमा कठोर रुपमा काम गर्ने बताएका छ ।
५९ वर्षिय एन्थोनी सिड्नी म्यारिकभिलमा बस्छन् भने उनी एकल महिलाका सन्तान हुन् । उनले विगत २६ बर्षदेखि संघीय सांसदको रुपमा राजनीति गर्दै आएका छन् । यस्तै सन् २०१३ मा लेबरका प्रधानमन्त्री केभिन रडको पालामा एन्थनी कार्यबहाक प्रधानमन्त्री समेत बनेका थिए । उनी अर्थशास्त्री समेत हुन् ।






