भिडियो सेयरिङ वेबसाइट युट्युबको नेपाल ट्रेन्डिङमा आइतबार नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु’ को ट्ेरलर आएको छ । बुढा सुब्बा डिजिटल प्लेटफर्मबाट युट्युबमा राखिएको उक्त ट्रेलरले दुई दिनमा पौने पाँच लाख भ्युज बटुलेको छ ।
असार ३० देखि प्रदर्शनमा आउन लागेको सुदर्शन थापा निर्देशित उक्त फिल्मको ट्रेलरले नौ हजारभन्दा बढी लाइक्स पाएको छ भने उक्त अनुपातमा मन नपराउनेको संख्या न्यून छ । झन्डै १६ सय कमेन्ट्समध्ये अधिकांशले ट्रेलरप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् ।






