पाकिस्तानमा मंगलबार नयाँ राष्ट्रपतिका लागि चुनाव हुँदैछ । पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का उम्मेद्वार आरिफ अल्वीको जीत निश्चित मानिएको छ किनभने विपक्षी दल आफ्ना संयुक्त प्रत्याशी उतार्न असफल रह्यो । मुख्य चुनाव आयुक्त सरदार रजा रिटर्निङ अफिसरको जिम्मेवारी सम्हाल्नेछन् ।
वर्तमान राष्ट्रपति ममनून हुसैनको कार्यकाल सेप्टेम्बर ८ देखि समाप्त हुँदैछ । उनको पाँच वर्षको दोस्रो कार्यकालका लागि दोस्रोपटक लड्न अस्विकार गरे । यद्यपी, अल्वीबाहेक पाकिस्तान पिपल्स पार्टी (पिपिपी) का चौधरी एतजाज अहसान र जमात–ए–उलेमा (एफ) का प्रमुख मौलाना फजल–उर–रहमान चुनाव लडिरहेका छन् ।
कराँची निवासी दन्त चिकित्सक आरिफ अल्वीलाई प्रधानमन्त्री इमरान खानले राजनीतिमा उतारे । विपक्षी दलले संयुक्त रुवमा एक प्रत्याशीलाई मैदानमा उतारेर अल्वीको बाटो मुश्किल बनाउने अनुमान गरिएको थियो तर उनीहरु यसो गर्न असफल भए । यस्तै, पिपिपीले चर्चित वकिल र पूर्व राजनेता अहसानलाई पछिल्लो महिना प्रत्याशी बनाएका थिए ।






