लण्डन । गुल्मी जिल्ला समाज पोर्चुगल गठन भएको छ।
पर्चुगलको राजधानी लिस्वनको अलमेदामा सहरमा सेप्टेम्वर ३ तारिख २०१८ मा वसेको बैठकले दुई वर्षे कार्यकालको लागी १८ सदस्य गुल्मी जिल्ला समाज पोर्चुगल स्थापनाको समिती घोषणा गरेको हो ।
गुल्मी जिल्लाबाट पोर्चुगलमा आई बिभिन्न पेशा क्षेत्रमा आबद्ध रहनु भएका अनऔपचारीक तथ्याङ्क अनुसार करिव १०० सयको हारहारीमा रहेका गुल्मेलीहरुले एक समारोहका विच, भेटघाटबाट र छलफलबाट गुल्मी जिल्ला समाज पोर्चुगलको गठन गरेका छन् । जसको अध्यक्षमा युवराज पन्थी रहनु भएको छ । गुल्मी जिल्लाको बिकास र शिक्षामा सहयोग पुर्याउने र अन्य परोपकारका कार्यक्रम गर्ने उद्देश्यका साथ पोर्चुगलमा बसोबास गरिरहेका गुल्मी जिल्लाबासीहरुले गुल्मेली समाज गठन गरेका हुन् ।
करिब ३०जना भन्न्दा बढी गुल्मेलीहरु सहभागी भएको यो भेलाका नब निर्बाचित अध्यक्ष पन्थीले आफु लगायत पूर्ण पदाधिकारीहरुको नाम घोषणा गर्दै सम्पुर्ण पदाधिकारीहरुको कार्यकाल सफलताको कामना गरे।
स्थपनाको पहिलो दिनमै कार्यसमितिले लामो समय देखि पोर्चुगललाई कर्मथोलो बनाउदै आएका गुल्मेलीहरूलाई एकिकृत गर्ने र समाजमा भै परि आउने समस्यालाई सहयोग उदेश्यले गुल्मी जिल्ला समाज पोर्चुगल गठन गरिएको अध्यक्ष पन्थीले लन्डन नेपाल न्यूज डटकमका प्रधान सम्पादक शिब भण्डारी संगको टेलिफोन कुराकानी मा बताए ।
यसैबीच नब गठित कार्यसमितिले हिन्दु नारीहरुको महान पर्व हरितालीका तिजको अबसर पारेर सप्टेम्वर ९ तारीख आईतवारका दिन सान्तोसको लुम्बिनी रेस्टुरेन्टमा तिज बिशेष कार्यक्रम तथा परिचयात्मक कार्यक्रम राखिएको संस्थाका सचिव अनुप मगरले जानकारी गराए।
समाज बिसुद्ध सामाजिक कार्य गुल्मेलीहरुको भावनात्मक एकता आपसि सद्भभाब र समस्यामा हातेमालो गरेर अगाडि बढ्ने र कुनै पनि हालतमा राजनितिकरण नहुने उपाध्यक्ष अमृत रिजाले बताए ।
नब गठित समितिको नामावली यस प्रकार छ-
अध्यक्ष -युवराज पन्थी,उपाध्यक्षहरुमा -गोपाल ज्ञवाली तथा अमृत रिजाल, सचीव-अनुप मगर ,सहसचिवमा सुदर्शन भण्डारी, कोषाध्यक्ष- तिलक राम पाण्डे ,महिला नेतृत्व – माया पौडेल खरेल,यस्तै सदस्यमा – राम प्रसाद पाण्डे ,बिष्णु कार्की ,अर्जुन गौतम,आकाश भण्डारी ,सोम महत,मोहन कार्की मोहन खड्का,भवानी खरेल महिला सदस्य -लक्ष्मी कार्की,एबम बरिस्ठ सल्लाहकारहरुमा -लेख राज ज्ञवाली, बिष्णु प्रसाद अर्याल रहेका छन् ।






