लन्डन । नेपाल पत्रकार महासंघ युके शाखाले आफ्ना सदस्यहरुलाई सोसियल मिडियामा मादक पदार्थ सेवन गरेको तस्वीरहरु प्रकाशन गर्न रोक लगाउने उदेश्यले नयां आचार संहिता जारी गरेको छ । शाखाको आतवार सम्पन्न वाषिर्क साधारणसभाद्धारा सर्वसम्मतबाट पारित सो आचारसंहिताको १६ नम्बर बुद्धामा ‘सोसियल मिडियाको प्रयोग: पत्रकार वा संचारमाध्यमले आफ्नो सोसियल मिडियामार्फत मादक पदार्थ सेवन गरेको वा समाजमा टिकाटिप्पणी हुने खालाका फोटो तथा श्रब्यदृश्य तथा स्थानीय संघसँस्थाको निर्वाचनको पक्ष वा विपक्षमा मत जाहेर गरी सामाग्री प्रकाशन गर्नुहुँदैन’ उल्लेख छ ।
यस्तै सोही आचारसंहिता अनुरुप ‘शाखाका सदस्यहरुलाई पत्रकार वा संचारमाध्यमको संचार र प्रकाशनसँग सम्बन्धिबाहेक अन्य कुनै संघसंस्थासँग आबद्ध हुन रोक लगाएको छ । सभाले प्रेश काउन्सिलद्धारा जारी आचारसंहितालाई संसोधन सहित पारित परेको हो । सो आचार संहितालाई पत्रकार भगिरथ योगीले साधारणसभामा प्रस्तुत गरेका थिए । आचार संहितालाई नेपाल पत्रकार महासंघ बेलायत शाखाका सदस्यले पालना गर्नु पर्ने कर्तव्य हुने बताएको छ ।
नेपाल पत्रकार महासंघ युके आचार संहिता–२०१५
प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघद्वारा संयुक्त रुपमा जारी आचारसंहिता–२०६० को नियम ४ को अधिनमा रही बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई अनुशासित र मर्यादित गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ युके शाखाको आचार संहिता संसोधनसहित–२०१५ जारी गरिएको छ । नेपाल पत्रकार महासंघ बेलायत शाखाका सदस्यले यो आचार संहितलाई पालना गर्नुपर्ने कर्तव्य हुनेछ ।
(१) राष्ट्रिय अखण्डतामा प्रतिकूल प्रभाव पार्न नहुने: बहुभाषिक, बहुधार्मिक र बहुजातीय मुलुक नेपालको सार्वभौमसत्ता, अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदाय बीचको स–सम्बन्धमा खलल पार्ने वा गाली–बेइज्जती वा अदालतको अवहेलना हुने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने समाचार र विचार प्रकाशन, प्रसारण तथा उत्पादन–वितरण गर्नुहुदैन ।
(२) सामाजिक न्याय र सद्भावमा प्रतिकूल असर पार्न नहुने : सामाजिक न्याय र सद्भावमा प्रतिकूल असर पु¥याउने तथा व्यावसायिक मर्यादाविपरीत हुने विकृति र उत्तेजक सामग्री प्रकाशन–प्रसारण तथा उत्पादन–वितरण गर्नुहुँदैन ।
(३) समाचारका गोप्य स्रोत खोल्न नहुने : समाचार प्रस्तुत गर्दा समाचारको आधिकारिकता र विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ । तर, गोप्य स्रोतको संरक्षण गर्ने दायित्व पत्रकारको हने हुँदा स्रोतको इच्छा र अनुमतिबेगर त्यस्ता गोप्य स्रोतको नाम वा पहिचान खुलाउनु हुँदैन ।
(४) निजी स्वार्र्र्थपूर्तिका लागि प्रयोग गर्न नहुने : संचारमाध्यम वा पत्रकारले प्रकाशन–प्रसारण वा समाचार सामग्रीको रूपमा वितरण गर्ने उद्देश्यले लिइएका सूचना सामग्री सार्वजनिक प्रयोग नगरी व्यक्ति वा संस्थाको निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्नुहुँदैन ।
(५) भेदभाव हुनेगरी सूचनाका सम्प्रेसण गर्ननहुने: जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक र रङ्गजस्ता आधारमा भेदभाव हुनेगरी समाचार र विचारको सम्प्रेषण गर्नुहुँदैन ।
(६) पीडितलाई थप पीडा पुग्ने गरी सूचना सम्प्रेषण गर्न नहुने:पीडितलाई थप पीडा पुग्नेगरी भाषा, ध्वनि, तस्बिर, चित्र र दृश्यसमेतको प्रयोग गरी समाचार तथा विचार प्रकाशन–प्रसारण वा उत्पादन–वितरण गर्नुहुँदैन ।
(७) पीडित व्यत्ति mको नाम , ठेगान खुलाउन नहने : यौनजन्य अपराध र सामाजिक अपहेलना एवं घृणाजन्य घटना वा सन्दर्भमा पीडित व्यक्तिहरूको सचेत स्वीकृतिबिना नाम, ठेगाना र पहिचान खुल्ने गरी समाचार, तस्बिर र दृश्य प्रकाशन–प्रसारण वा उत्पादन–वितरण गर्नुहुँदैन ।
(८) हिंसा, आतंक र अपराधलाई प्रोत्साहन गर्न नहुने:विध्वंस, हिंसा, आतंक र अपराधलाई प्रोत्साहन हुनेगरी तथा त्यस्ता क्रियाकलापलाई अतिरञ्जित गर्नेगरी समाचार, विचार, तस्बिर, मत सर्वेक्षण, ध्वनि वा दृश्यहरू प्रस्तुत गर्नुहुँदैन ।
(९) बीभत्स दृश्य र तस्बिर प्रकाशन÷प्रसारण गर्न नहुने : समाजमा नैराश्य, घृणा, सन्त्रास र उत्तेजना फैलाउने किसिमका नग्न, क्षतविक्षत र बीभत्स दृश्य एवं तस्बिरहरू असान्दर्भिक, अश्लील र उत्तेजना फैलिन सक्ने प्रकारले ्र प्रस्तुत गर्नुहुँदैन ।
(१०) घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने:कुनै घटनासँग सम्बन्धित समाचार प्रकाशन–प्रसारण गर्दा घटनासँग सम्बन्ध नभएकानातेदार वा नजिकका व्यक्तिको नाम जोडी उसको मर्यादामा आँच पुग्ने वा चरित्रहत्या हुनेगरी समाचार सामग्री प्रस्तुत गर्नुहुँदैन ।
(११) तथ्य बङ्ग्याउन नहुने: कुनै टिप्पणी वा स्पष्टताबिना तस्बिर, भिडियो, दृश्य, ध्वनि वा तथ्यलाई तोडमोड गरी पहिचान नै बदल्ने वा गलत पहिचान दिने वा गलत अर्थ लाग्नेगरी समाचार सामग्री प्रकाशन–प्रसारण वा उत्पादन– वितरण गर्नुहुँदैन ।
(१२) विज्ञापनलाई समाचारका रूपमा प्रस्तुत गर्न नहुने : विज्ञापनलाई समाचारको रूपमा प्रस्तत गर्न, विज्ञापनमार्फत समाचारको खण्डन गर्नुहुँदैन । त्यस्तै, एउटा सञ्चारमाध्यमबाट प्रकाशित प्रसारित समाचारको खण्डन सामान्यतः अर्को सञ्चारमाध्यमले गर्नुहुँदैन ।
(१३) सोत उद्धृत नगरी पुनः प्रयोग गर्न नहुने : कनै समाचार संस्था वा माध्यमले प्रवाहित गरेको समाचार वा प्रकाशित–प्रसारित सामग्री उपयोग गर्दा त्यसको मूल स्रोत उद्धृत नगरी पुनः प्रकाशन, प्रसारण वा वितरण गर्नुहुँदैन । त्यसरी उद्धृत गर्दा सामान्यतः मूल स्रोतको सहमति लिनुपर्दछ ।
(१४) स्रोतसँग सम्बन्ध: पत्रकार वा संचारमाध्यमले समाचार स्रोतसँग व्यावसायिक मर्यादा र सीमा बाहिर हुनेगरी अनुचित सम्बन्ध राख्न एवं व्यक्ति वा संस्थाको निहित स्वार्थका निम्ति संचारमाध्यमको दुरुपयोग गर्नुहुँदैन ।
१५) संघसस्थासँग सम्बन्ध: पत्रकार वा संचारमाध्यमको संचार र प्रकाशनसँग सम्बन्धिबाहेक अन्य कुनै संघसंस्थासँग अबद्धता हुनुहुँदैन ।
१६) सोसियल मिडियाको प्रयोग : पत्रकार वा संचारमाध्यमले आफ्नो सोसियल मिडियामार्फत मादक पदार्थ सेवन गरेको वा समाजमा टिकाटिप्पणी हुने खालाका फोटो तथा श्रब्यदृश्य तथा स्थानीय संघसँस्थाको निर्वाचनको पक्ष वा विपक्षमा मत जाहेर गरी सामाग्री प्रकाशन गर्नुहुँदैन ।






