लन्डन- नेपाली नयाँ वर्ष २०७४ को स्वागतमा बेलायतमा भव्य स्वागत कार्यक्रम आयोजना गरिएको छ । नेपलिज ब्रिटिस कम्युनिटी एनबीसी यूकेले बेलायतमा हरेक बर्ष आयोजना गर्दै आइरहेको नयाँ वर्षको स्वागतमा विशेष कार्यक्रम १५ अप्रिल शनिबार साँझ ह्यारो फुटबल क्लबमा आयोजना गर्ने भएको हो ।
कार्यक्रम सफल बनाउन विभिन्न समिति निर्माण गरेर तयारीलाई तीब्र बनाइएको एनबीसी यूकेका अध्यक्ष मिलन घिमिरेले जानकारी दिए । उक्त नयाँ बर्ष भेलामा चर्चित लोक तथा दोहोरि गायक राजु ढकाल, दोहोरि गायिका जानकी तारामी मगर चर्चित मोडल तथा डान्सर रश्मि तामाङको दमदार प्रस्तुती रहने जनाइएको छ।
[भिडियोसहित]
https://www.facebook.com/londonnepalnews/videos/1238929402892252/
मौलिक नेपाली संस्कृति प्रस्तुति लगायतका मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको कोडिनेटर घिमिरेले बताए । उनका अनुसार कार्यक्रममा नेपाली गाउँघरको झल्को दिन नेपाली खानाका परिकार राख्ने तयारी गरिएको छ । कार्यक्रमको बेलायती सांसद वीरेन्द्र शर्मा, लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख एवं प्रवक्ता शरदराज आरण, एनआरएन यूरोप संयोजक कुल आचार्यले संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको कार्यसमितिका सदस्य राजेन्द्र ओझाले लन्डन नेपाल न्यूज डट कमलाई जानकारी दिए ।
कार्यक्रममा उपस्थित भै पूर्ण मनोरन्जन लिन तथा नयाँ बर्षको शुभकामना एक आपसमा साटासाट गर्न एनबीसीयूके ले वेलायतवासी नेपाली समूदायतलाई आब्हान समेत गरेको छ






