एनआरएनए यूके स्कटल्याण्ड राज्य परिषदमा कार्की नेतृत्वले खायो सपथ

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके स्कटल्याण्ड राज्य परिषद कार्यसमितिको सपथ ग्रहण गरिएको छ। गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी, उपाध्यक्ष ललित न्यौपाने, सल्लाहकार डा रामकुमार अधिकारीले स्कटल्याण्ड राज्य परिषदका अध्यक्ष मोहन कार्कीको नेतृत्वमा गठित समितलाई सपथ ग्रहण, प्रमाणपत्र बितरण र सम्मान गर्नु भएको थियो।

सो समारोह मा बोल्दै एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले स्कटल्याण्डमा राज्य परिषदको गठनबाट एनआरएनए युकेको इतिहासमा नयाँ आयाम थपिएको र स्कटल्याण्डमा एनआरएनएको भूमिकालाई सशक्त गर्नु पर्ने बताउनु भयो। यस्तै गरि एनआरएनए युकेका महासचिव राजकुमार त्रिपाठीले एनआरएनए स्वयम्सेवी संस्था भएको र एनआरएनए युकेले ले गैर आवासीय नेपालीहरुको नागरिकता, नेपालमा लगानी, युकेमा नेपालीहरुको पहिचान, च्यारिटीहरु लगायत धेरै कार्यहरुको गरिरहेको बताउनु भयो।

यस्तै उपाध्यक्ष ललित न्यौपानेले एनआरएनए युकेले स्कटल्याण्ड सहित वेल्स र नर्थन आयरल्याण्डमा राज्य परिषद गठन गरिएको र चाडैं इङ्गल्याण्डमा राज्य परिषद गठन गरिने बताउनु भयो। यस्तै कार्यक्रममा बोल्दै नवगठित स्कटल्याण्ड राज्य परिषदका अध्यक्ष मोहन कार्कीले एनआरएनए स्कटल्याण्डले नेपालीहरुको दोहरो नागरिकताको अभियानमा कटिबद्ध भएर लाग्ने , स्कटल्याण्डबाट नेपालमा सामुहिक लगानीको पहल गरिने र स्कटल्याण्ड एनआरएनएको संगठन विस्तार गर्ने बताउनु भयो।

अध्यक्ष कार्कीले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदलाई बिदेशमा रहेका नेपाली बालबालिकाहरुमा नेपाली भाषा, लिपि, संस्कार, संस्कृतिको बारेमा जानकारी दिन भिडियो कार्टुन, पाठ्यसामग्री निर्माणको लागि पहल गर्न आग्रह गर्नुभयो।

एनआरएनए युकेका सल्लाहकार डा रामकुमार अधिकारीले संचालन गर्नु भएको कार्यक्रममा स्कटल्याण्ड राज्य परिषदका संरक्षण भोला खनाल, स्कटल्याण्ड राज्य परिषदका सचिव केशब दाहाल र प्रकाश अर्यालले स्कटल्याण्डमा एनआरएनएको आवस्यकता र भूमिकाबारे चर्चा गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *