स्याङ्जा समाज यूकेले बेलायतमा नमुना जिल्लाको रुपमा पहिचान दिने गरी समर महोत्सव गर्ने

लण्डन ।स्याङ्जा समाज यूकेले समर भेटघाट (Summer Get-together) 2022  वृहत भेटघाट तथा बिबिक्यू कार्यक्रम गर्ने भएको छ ।

समाजले फोर्नबरो स्थित: GARANGE JUNIOR COMMUNITY SCHOOL-FARNBOROUGH GU14 8TA मा जुलाई २ तारिख शनिबार बिहान १० बजे देखि बेलुकी १० बजेसम्म कार्यक्रम आयोजना गरेको अध्यक्ष सार्दा गुरुङले लन्डन नेपाल न्यूजलाइ बताए ।

समाजले कार्यक्रम सम्पन्न गर्न अध्यक्ष सार्दा गुरुङलाई अध्यक्षता र उपाध्यक्ष भरत गुरुङलाई कार्यक्रम संयोजकको जिम्मेवारी तोकेको छ ।

कार्यक्रममा लोक गायक विमल थापा मगर, शान्ति रानी परियार तथा डान्सर रिना थापा मगर लगायतका नेपाली राष्ट्रिय कलाकारहरुले सागींतिक प्रस्तुती राख्दै सहभागीहरुलाई मनोरञ्जन प्रदान गर्ने आयोजकको व्यापक तयारी रहेको छ ।

कार्यक्रममा सहभागी हुन सयौँ स्याङ्जालीले नाम दर्ता गरेको मिडिया संयोजक राम राज शर्माले बताए । उनले सबैलाई कार्यक्रममा उपस्थित भईदिन समेत अनुरोध गरेका छन् ।

समाजका बरिष्ठ सल्लाहकार डेबिड गुरुङले बेलायतमा रहेका सम्पूर्ण  स्याङ्जालीहरुले उक्त दिन मातृभुमीका विषयमा सम्बन्धित रहेर केही नयाँ निणर्य तथा नाँचगान कार्यक्रम सहित स्याङ्जालाई बेलायतमा नमुना जिल्लाको रुपमा पहिचान दिलाउने गरी कार्यक्रम गर्न लागिएको बताए ।

स्याङ्जा समाज युकेले बेलायतमा रहेका स्याङ्जालीहरुलाई एकताबद्ध गर्दै विभिन्न सामाजिक कार्यक्रम वार्षिक भेटघाट मात्र होइन गृह जिल्लामा विभिन्न आपतकालिन अवस्थामा सहयोग र उद्धार सगैं परोपकारी काम गर्दै आईरहेको छ ।