काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने राजकीय भ्रमणका क्रममा नयाँ पुगेका छन् । प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरिन् ।
प्रधानमन्त्रीको स्वागतार्थ विमानस्थलमा नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल, भारतको विदेश मन्त्रालयका उच्च अधिकारी तथा नेपाली दूतावासका अधिकृत उपस्थित थिए । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्य परराष्ट्रमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक, सांसदलगायतलाई उनीहरुले स्वागत गरे ।
प्रधानमन्त्री दाहाल, उनकी धर्मपत्नी सीता दाहाल भारतका राष्ट्रपतिको निवास राष्ट्रपति भवनमा रहेका छन् । प्रधानमन्त्री दाहालले बिहीबार नै नेपाली समुदायसँग नेपाली राजदूतावासमा छलफल गर्ने गरेका छन् । दाहालको सम्मानमा नेपाली दूतावासले रात्रिभोजको आयोजना गरेको छ ।






