काठमाडौं– म्यागेसेसे पुरस्कार विजेता नेपालका चर्चित आँखा सर्जन डा. सन्दुक रुइतले प्रतिष्ठित अन्तराष्ट्रिय अवार्ड जितेका छन् ।
अमेरिकाको गैरनाफामुलक संस्था एसिया सोसाइटीले रुइतलाई २०१६ ‘एसिया गेम चेन्जर्स’ अवार्ड दिने निर्णय गरेको हो । एसिया सोसाइटीले यो वर्ष मनाउने ६० औं बर्षगाँठका अवसरमा रुइतसहित ८ जनालाई २०१६ एसिया गेम चेन्जर अवार्डबाट सम्मान गर्ने जारी विज्ञप्तीमा जनाइएको छ ।
अवार्ड समारोह अक्टोबर २७ मा न्यूयोर्कमा हुनेछ । रुइतले एक लाख भन्दा धेरै आँखा बचाएको र धेरैलाई नयाँ जीवन दिएकाले यो अवार्ड प्रदान गर्न लागिएको बताइएको छ ।






