दीप्ती भन्छिन्, ‘मिस जुनियर टिन ग्ल्यामर्स ब्यूटी यूके जित्नेछु’ (फोटो फिचर)

missलन्डन– मिस जुनियर टिन ग्ल्यामर्स ब्यूटी यूके १०१६/१७ की नेपाली प्रतियोगी दिप्ती सापकोटाले उपाधि जित्ने आशा राखेकी छन् ।

प्रतियोगी नजिकिंदै गर्दा दिप्तीले नेपाली समूदायको बलियो साथ खोजेकी छन् । ‘मैले आफ्नो प्रतियोगितालाई पनि जारी रादै यस वर्ष मिस जुनियर टिन ग्ल्यामर्स ब्यूटी यूकेमा भाग लिएको छु । यसमा सबैको आशिर्वाद रहनेछ ,भनेकी छन् ।

२५ सेप्टेम्बर २००१ मा बुवा विष्णु र आमा कमला सापकोटाको कोखबाट जन्मिएकी दीप्तीले काठमाडौंको सूर्योदय बोर्डिङ स्कुलबाट कक्षा ५ पास गरेर २०१२ मार्चमा लन्डन आएकी हुन् । उनले लन्डनमा कक्षा ७ बाट पढ्न सुरु गरेकी थिइन् ।

सन् २०१५ को जुलाईमा न्यू लेभल प्याजेन्ट स्टार क्वालिटी प्रतियोगितामा भाग लिएकी उनले पहिलो ताज जितिन् । २०१५ को अक्टोबरमा भएको मिस जुनियर टिन ग्रेट ब्रिटेनमा ५० प्रतियोगीसँगै प्रतिस्पर्धामा उत्रिएकी उनले ताज त जितिनन्, तर राम्रो स्थान पाइन् ।mis1

मिस जुनियन टिन ग्रेट ब्रिटेनमा उनले सामाजिक कामकोरुपमा च्यारिटी कार्यक्रम आयोजना गरेकी थिइन् । उनले असहाय बच्चाहरुको उपचारका लागि करिव ३ हजार पाउण्डको कोष जम्मा गरेकी थिइन् भने आफ्नो स्कुलबाट ‘आन फ्याङ्क ट्रष्ट’मा सक्रियरुपमा काम गरेकी थिइन् ।

सुन्दरी प्रतियोगिता भनेको शारिरीक सुन्दरता र श्रृंगारमात्र होइन यसमा भित्री गुण र भावनाको ठूलो भूमिका हुन्छ । अझ साँच्चै भन्नुपर्दा त भित्री सुन्दरता नै दीर्घकालीन र महत्वपूर्ण हुन्छ । दोस्रो शारिरीक बनावट र तेस्रो श्रृंगार हो जस्तो मलाई लाग्दछ ।m2

मैले मिस जुनियन टिन ग्रेट ब्रिटेनमा सामाजिक कामकोरुपमा च्यारिटी कार्यक्रम गर्ने अवसर पाएँ जसमा मेरो सबै अभिभावक र शुभचिन्तकहरुको अत्यन्तै ठूलो सहयोग र समर्थन थियो । त्यस्तै स्कुलबाट पनि मलाई धेरै सहयोग मिलेको थियो र मैले असहाय बच्चाहरुको उपचारका लागि करिव ३ हजार पाउण्डको कोष जम्मा गरेर सहयोग गर्ने अवसर पाएकी थिएँ । यो मेरो लागि ठूलो खुसीको कुरा थियो र यस च्यारिटीमा सहयोग गर्नुहुने सम्पूर्ण अभिभावक र शुचचिन्तकहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । q3

यसैको निरन्तरतामा म आफ्नो स्कुलबाट ‘आन फ्याङ्क ट्रष्ट’मा सक्रियरुपमा काम गर्दै आएको छु । जुन संस्थाले न्यायको अभावमा हेपिएका अन्याय सहेर बाँच्न बाध्य भएका मानिस र विशेषतः महिला र बालबालिकाको जन्मसिद्ध अधिकार दिलाउन विश्वव्यापीरुपमा काम गरिरहेको छ ।  मैले आफ्नो प्रतियोगितालाई पनि जारी राख्दै  यस वर्ष मिस जुनियर टिन ग्ल्यामर्स ब्यूटी यूके १०१६/१७ मा भाग लिएको छु । र, यसमा हजुरहरु सबैको आशिर्वाद रहनेछ भन्ने पूर्ण विश्वास गरेको छु,हजुरहरुकै प्रेरणाबाट नै भविष्यमा पनि निरन्तर समाजसेवा गर्ने सोच गरेको छु लन्डन नेपाल न्यूज डट कमका सम्पादक शिब भण्डारी सँगको टेलिफोन कुराकानीमा बताइन ।44