पिटरबरोमा डा. योगी बिकाशानन्दको एक प्रबचन

 

nir2पिटरबरो,

डा. योगी बिकाशानन्दको एक प्रबचन कार्यक्रम यहि अगस्ट ३० तारिकाका दिन पिटरबरोमा सप्पन्न भएको छ। पिटरबरो स्प्रिचियुल समूहले आयोजना गरेको एउटा छुट्टै प्रकृतिको उक्त कार्यक्रममा मनोक्रान्तीका प्रबर्तक डा. योगीले जीवनका बहुआयामको बारेमा चर्चा गर्नु भएको थियो।

सुन्दर सफल र खुशी जिन्दगीको लागि तनाव मुक्त रहनु पर्ने र त्यसको लागि के गर्नु पर्छ भनेर पनि चर्चा गर्नु भएको थियो। उहाँले समय ब्यबस्थापन निकै महत्त्वपूर्ण रहेको र बिहानको पहिलो दुई घण्टा हर कोहिले आफ्नो लागि छुट्याउनु पर्ने र त्यो समय बिबिध ब्ययाम गरी तन मन र मस्तिष्कमा सकारात्मक उर्जा भर्नु पर्ने बताउनु भएको थियो।

पिटरबरो नेपाली समाजका सल्लाहकार एबम स्प्रिचियुल ग्रुपकि संयोजक मिना पौडेलको विशेष पहलमा सम्पन्न यस कार्यक्रमबाट कार्यक्रममा उपस्थित पिटरबरोका नेपालीहरुले निकै लाभान्वित महशुस गरेका थिए र छोटो समयमा नै भएपनि एक सार्थक कार्यक्रम आयोजना भएकोमा खुशी ब्यक्त गरेको थिए।

कार्यक्रममा डा. योगी बिकाशानन्दले सहजै र ब्यस्त समय पनि गर्न सकिने कहि योगासन र लफ्टर थेरापीहरु गराउनु भएको थियो। जसले निकै रमाइलो माहौल सृजना गरेको थियो। कार्यक्रममा डा. योगी बिकाशानन्दको साथमा धर्मपत्नी रेकि मास्टर कमलेश्वरी पनि उपस्थित हुनुहुन्थ्यो र उहाँले रेकि उपाचार पद्धति र त्यसको लाभको बारेमा चर्चा गर्नु भएको थियो। रेकि उपचारका केही सरल विधि पनि प्रस्तुत गर्नु भएको थियो।nir

नृपेश उप्रेतीले संचालन गर्नु भएको यस बिशेष कार्यक्रममा अतिथी तथा सहभागीहरुको स्वागतमा पिटरबरो नेपाली समाजका तर्फबाट सदस्य डा. राजु सापकोटले स्वागत भाषण गर्नु भएको थियो भने समाजका अग्रज बिके पाण्डे र मिना थापा पौडेलले आफ्नो मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको सुरुवातमा डा. योगी बिकाशानन्द तथा उहाँको धर्मपत्नीलाई समाजका सल्लाहकार रामबाबू कोइराला र मिना थापा पौडेलले खादा ओडाएर पिटरबरोबासी नेपालीहरुको तर्फबाट सम्मान गर्नु भएको थियो।

त्यसैगरि डा. योगी बिकाशानन्दको यस प्रबचन कार्यक्रममा भारत हिन्दु मन्दिरको पिटरबरोको तर्फबाट आश्वनी कुमारले भजन प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमको समापनमा डा. योगी बिकाशानन्द र उहाँको धर्मपत्नीलाई बेलायत निम्ताएर बेलायतमा मनोक्रान्तीको बारे प्रचारप्रसार गर्न महत्वपुर्ण भुमिका खेल्नु हुने नरेन्द्र नेम्बाङले सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।