लन्डन– समाजसेवी डा. दिलजान मन्सुर ‘कर्ट’ लन्डनमा सम्मानित भएका छन् ।
‘बिइङ होमो सेपियन’ संस्थाबाट विभिन्न स्वयमसेवी अभियानहरु सञ्चालन गर्दै आएका डा मन्सुरलाई नेपालिज नर्सिङ एसोसिएसन यूकेले लन्डनमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।
सोमबार प्लमस्टिडस्थित चौतारी रेष्टुरेन्टमा भएको कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा सम्मान गरिएको हो । उनले स्वच्छ खानेपानी पुर्याउँदै झाडापखालाविरुद्धको स्वास्थ्य अभियानका अभियन्ता हुन् ।
एसोसिएसनका अध्यक्ष सुशीला कार्कीको अध्यक्ष्तामा सम्पन्न कार्यक्रमलाई महासचिव विनोदविकास सिंखडाले सञ्चालन गरेका थिए भने डा सुनिल बुढाथोकीले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा व्यवसायी एलएन पाण्डे, एनआरएन यूके कोषाध्यक्ष दीपक श्रेष्ठ, सहकोषाध्यक्ष ललित न्यौपाने डा मन्सुरका कामहरुको प्रशंसा गरेका थिए ।
कार्यक्रममा एसोसिएसन यूकेका पूर्व अध्यक्ष बासु लामिछाने, रोयल ग्रिनविच नेपालिज सोसाइटीका अध्यक्ष कुमार श्रेष्ठ, चाल्र्टन नेपाली समाजका अध्यक्ष टंक कँडेल, स्कील एण्ड केयरकी सिम्मी पुन, जुनकिरी एनिसिएटिभकी अध्यक्ष लक्ष्मी राई लारा, पासा पुच साउथ ईस्ट अध्यक्ष सुशिल प्रजापति , बेलायतका पहिलो नेपाली पुरुष नर्स राजेन्द्र क्षेत्री, नर्सिङ एसोसिएसनकी उपाध्यक्ष प्रसुना कँडेल, कोषाध्यक्ष रश्मिता दर्लामी, ‘बिइङ होमो सेपियन’ अभियानकी बेलायत प्रतिनिधी गंगा साम्पाङलगायतको उपस्थिति थियो






