न्युज २४ का युरोपस्थित पत्रकारलाई समाचार बनाएकै भरमा ज्यान मार्ने धम्कि ( अडियो सहित)

पोर्तुगल,

आर एन ए पोर्तुगलका उपाध्यक्ष सुनिल संगमले मध्य राती आफ्ना केहि साथिहरुको आडमा समाचार बनाएकै भरमा न्युज २४ नेपाल टिवी का युरोप स्थित अन्तरास्ट्रिय को-अर्डिनेटर टिवी जर्नालिस्ट गणेश पाण्डेय लाई उनकै काम स्थल मा गएर ज्यान मार्ने धम्कि दिनुका साथै गालि गलौच र दुर्व्यवहार गरेका छन्। 

१ जुलाई मा गणेश पाण्डेयले लेखेको स्टाटस लाई नेपाल प्लसले समाचार को रुममा सम्प्रेषण गरेको थियो जसमा निज पाण्डेय लाई यसघि सोहि स्थानमा सुनिल संगमका साथीहरुले थर्काएको र दुर्व्यवहार गरेको कुरा छ। पोर्तुगलमा एन आर एन ए भित्रको आर्थिक अनियमितताको विवाद को बारेमा पनि बहस भएको उल्लेख छ। एन आर एन ए पोर्तुगल धेरै नै लामो समयदेखि आर्थिक अनियमितता को विवादमा मुछिएको छ, जुन अहिले सम्म पनि सम्बोधन हुन सकेकोछैन।

पत्रकार पाण्डेयले लेखेको समाचार को भरमा नियतबस ढंगले समुहगत रुपमा आएर गाली बेईज्ज्त गर्नु र ज्यान मार्नेसम्मको धम्की दिनु निकैनै निन्दनीय र युरोप को मानब अधिकार कानुन सम्मत अपराध भएको प्रतक्षदर्शिहरु र नागरिक समाजको को भनाई छ। कसैलाई उसकै काम गर्ने ठाउमा गई ज्यान मार्ने सम्म को धम्की दिनु ले एन आर एन पोर्तुगल भित्रको दादागिरी र गुन्दगीरिलाई छर्लङ्ग परेको छ। एन आर एन ए पोर्तुगल का केहि सदस्यहरु यसघि पनि अरुलाई धम्क्याउने र दादागिरी गर्ने काम मा संलग्न भएको समाचार हरु प्रकाशन भएका थिए। उपाध्यक्ष सुनिल संगै आएका श्याम सुबेदी भन्नेले आफू नेपाल मा कैलाली जिल्ला को बासिन्दा भएकोले गणेश पाण्डेय को घर पत्ता लगाई परिवार नै सखाप पारिदिने धम्कि दिएका छन्। सुनिल संगम ले पछि फोन गरेर आफ्नो तर्फका थप केटाहरु बोलाई पत्रकार पाण्डेय लाई धम्क्याउन लगाएका थिए।

नियतबस धम्क्याउन र गाली बेज्ज़त गर्न आएको एन आर एन ए उपाध्यक्ष संगम को यो कदमलाई  भत्सना गर्दछ। लेखिएका समाचार र बिचारहरुलाई बहस, खण्डन, समालोचन आदि मार्फत आफ्नो बैचारिक परिचय दिने प्रजातान्त्रिक मूल्य र मान्यता बिपरित र कानुनी बाटो र उपचार खोज्नुको साटो शक्ति प्रदर्शन गर्दै पत्रकारमाथि धाक र ज्यान सम्मको धम्कि दिनु बैचारिक सुन्यता र बर्बरताको पराकाष्टा हो। पत्रकार पाण्डेय माथि भविष्यमा हुनसक्ने कुनै पनि सांघातिक आक्रमण को जिम्मा एन आर एन ए पोर्तुगलका उपाध्यक्ष सुनिल संगमले लिनुसक्नुपर्दछ। नेपालप्लस डटकम